मर्सिडिज बेन्ज अल इलेक्ट्रिक कारको बिक्री २०२३ को पहिलो क्वाटरमा ८९ प्रतिशतले बढ्यो

  • Technology Khabar | ४ बैशाख २०८०, सोमबार
मर्सिडिज बेन्ज अल इलेक्ट्रिक कारको बिक्री २०२३ को पहिलो क्वाटरमा ८९ प्रतिशतले बढ्यो

काठमाडौं ।

मर्सिडिज बेन्जले २०२३ को पहिलो क्वाटरमा विश्वव्यापी रुपमा ५ लाख ३ हजार ५०० यूनिट कार बिक्री गरेको छ। यो एक वर्ष अघिको तुलनामा ३ प्रतिशत बढी भएको इलेक्ट्रेकले उल्लेख गरेको छ।

समग्रमा मर्सिडिज बेन्चको बिक्री थोरै बढेको भए पनि इलेक्ट्रिक कारको बिक्री भने बढ्दै गएको छ। क्वाटर वानमा मर्सिडिज बेन्चको ब्याट्री इलेक्ट्रिक भेहिकल ५१ हजार ६०० यूनिट बिक्री भएको छ। गत वर्ष २७ हजार ४०० बिक्री गरेको थियो। कम्पनीको ब्याट्री इलेक्ट्रिक भेहिकल ८९ प्रतिशतले बढेको छ। यो कुल मात्राको १० प्रतिशत बढी हो जुन एक वर्ष अघि ६ प्रतिशत बढी थियो।

जर्मन निर्माताले प्लग इन हाइब्रिड कार बिक्रीको विवरण प्रदान गरेको छैन। यसले पनि कम्पनी ब्याट्री इलेक्ट्रिक भेहिकलमा फोकसरत रहेको अनुमान गर्न सकिन्छ।

प्रकाशित: ४ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Iran-linked group claims hack of FBI drones

  • Technology Khabar
  • ४ बैशाख २०८०, सोमबार