काठमाडौं ।
एमजी मोटरले भारतमा सानो इलेक्ट्रिक कार ल्याउने भएको छ। यो सानो इलेक्ट्रिक कार एमजी कोमेट नाममा भारतीय बजारमा ल्याइने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
एमजी कोमेट ईभीलाई भारतीय बजारमा १९ अप्रिलमा सार्वजनिक गरिनेछ र यो भारतको सबैभन्दा सानो इलेक्ट्रिक कार हुनेछ।
एमजी कोमेट ईभीको मूल्यको घोषणा आगामी महिनामा हुने सक्नेछ। यसको प्यारेन्ट कम्पनीको ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा आधारित छ। यसमा ४ सिट र तीन डोर दिइनेछ। यसको ह्वीलवेस २०१० मिमी राखिनेछ।
एमजी कोमेट ईभीको लम्बाई २९७४ मिमी, ऊँचाई १६३१ मिमी तथा चौड़ाई १५०५ मिमी राखिनेछ। केही समय पहिले यसको एक्सटीरियर तथा इन्टिरियरको टिजर जारी गरिएको थियो।
एमजी कोमेट ईभीमा दुई स्क्रीन लेआउट, कनेक्टेड कार फिचर्स, आई–पोडबाट प्रेरित स्टेयरिङ ह्वील दिइनेछ। यसको मोटरको जानकारी बाहिर ल्याइएको छैन तर कोमेट ईभीमा २० किलोवाट आवर क्षमताको ब्याट्री दिइनेछ।
यो ब्याट्री भारतीय कम्पनी टाटा अटोकोम्पबाट लिइने सम्भावना छ र यो कारले सिंगल चार्जमा २५० किलोमिटर रेञ्ज प्रदान गर्छ। कोमेट ईभीमा सिंगल, रियर–एक्सल मोटर दिइने सम्भावना छ जसले ४५ एचपीको पावर प्रदान गर्छ।
कोमेट ईभीलाई भारतमै असेम्बल गरिनेछ र यसको मूल्य कम गर्नका लागि एमजी पार्टस् ६०% सम्म लोकलाइजेशन गरिनेछ। कम्पनीले आफ्नो कारलाई शहरी इलेक्ट्रिक कारको रुपमा प्रस्तुत गर्नेछ।
यो एमजीको जेडएस ईभी पछिको दोस्रो इलेक्ट्रिक कार हुनेछ। यो कार एमजीको एयरमा आधारित हो जसलाई चीनमा बिक्री गरिन्छ। कम्पनी यस सानो ईभीलाई १०–१२ लाख भारुको मूल्यमा बिक्री गरिने सम्भावना छ।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार