
काठमाडौं ।
बीवाईडीले बीवाईडी किन प्लस ईभी २०२३ च्याम्पियन संस्करणको ६ ओटा नयाँ मोडलहरू लन्च गरेको छ। नयाँ विद्युतीय वाहन पावरहाउसहरूले एक पटकको सिङ्गल चार्जमा ६१० किलोमिटरसम्म डेलिभर गर्ने बताइएको छ। उक्त नयाँ मोडलहरूमा ४२०किमी लिडिङ्ग मोडल, ४२०किमी बियोन्ड टाइप, ५१०किमी लिडिङ्ग मोडेल र ५१०किमी बियोन्ड टाइप रहेको बताइएको छ। साथै बाँकी मोडलहरूमा ५१० किलोमिटर एक्सिलेन्ट टाइप र ६१० किलोमिटर एक्सिलेन्ट टाइप मोडलहरु रहेको बताइएको छ।
नयाँ बीवाईडी किन प्लस ईभी २०२३ च्याम्पियन संस्करण १२.५केडब्ल्यूएच ऊर्जा खपत भएको ई–प्लेटफर्म ३.० प्रविधिमा आधारित रहेको बताइएको छ। यसले सीएलटीसी कम्प्रीहेन्सिभ वर्किङ्ग कन्डिसन (व्यापक कार्य अवस्था) र उत्कृष्ट माइलेज प्रदान गर्ने उल्लेख गरिएको छ। ईभीजको लाइनअप विस्तारित तापमान दायरा (एक्सटेन्डेट टेम्प्रेचर रेन्ज) र हाई–इफिसेन्सी हिट पम्पबाट पनि सुसज्जित रहेको बताइएको छ। कारको एयर कन्डिसनरहरूको ऊर्जा खपत लो–टेम्प्रेचर कन्डिसनहरुमा ४० प्रतिशतले कम गरिएको बताइएको छ।
त्यसैगरी, यसको एकीकृत इलेक्ट्रिक पावरट्रेनको साथै प्रणालीको वजन र भोल्युम १० प्रतिशतले घटाइएको छ। बीवाईडी किन प्लस ईभी २०२३ च्याम्पियन संस्करण मोडलहरूको समग्र परिचालन दक्षता (ओभरअल अपरेटिङ्ग इफिसेन्सी) ८९ प्रतिशत रहेको बताइएको छ।
बीवाईडी किन प्लस ईभी २०२३ मा १५० किलोवाटको इलेक्ट्रिक मोटर रहेको र यसले कारलाई ०–५० किमी/घन्टा को गति ३.८ सेकेन्डमा उपलब्ध गराउने बताइएको छ। कारको भित्री भाग इन्टिरियोरमा ८.८ इन्चको फुल एलसीडी प्यानल समावेश गरिएको र कार डिलिङ्क ४.० इन्टेलिजेन्ट नेटवर्क कनेक्सा स्सिटममा चल्ने उल्लेख गरिएको छ। क्लाउड सिट कुशनले ड्राइभिङ गर्दा थप रमाइलो ड्राइभिङ अनुभवको लागि दबाब कम गर्ने बताइएको छ।
बीवाईडी किनको मूल्यहरू १२९,००० युआन ((१८,८९३ डलर) देखि १७६,८०० युआन (२५,७३४ डलर) सम्म रहेको बताइएको छ। बीवाईडीले किन प्लस ईभी २०२३ लाई अन्य बजारहरूमा पु¥याउने योजना बनाएको छ कि छैन भन्ने बारेमा कुनै पनि विवरणहरु उपलब्ध नभएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
प्रकाशित: २७ चैत्र २०७९, सोमबार