सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक युवक पक्राउ

  • Technology Khabar | २४ चैत्र २०७९, शुक्रबार
सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक युवक पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

स्याङ्जा वालिङ नगरपालिका १० घर भएर पोखरा महानगरपालिका १६ बाटुलेचौर डेरामा बस्ने २१ वर्षीय सागर ढकाललाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनले पोरखास्थित घरधनीको इन्टरनेट प्रयोग गरि ह्याक गरेको बताईएको छ। साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उक्त गैर कानुनी कार्यमा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...