
काठमाडौं ।
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ।
यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरि दुई ओटा फोनहरू समावेश छन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्, जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ। भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले पनि अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शनको साथ हाम्रो यहि मूल दर्शनलाई झल्काउँछ।”
रेड्मी नोट १२ स्मार्टफोन ४जीबी प्लस १२८ जीबी,६जीबी प्लस १२८ जीबी, ८जीबी प्लस १२८ जीबीमा १ टीबीसम्म विस्तारयोग्य भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः रु.२२,९९९, रु.२४,९९९ र रु.२६,९९९ रहेको छ। त्यस्तै रेड्मी नोट १२ प्रो ५जीः ६जीबी प्लस १२८ जीबी, ८ जीबी प्लस २५६ जीबी गरि दुईस्टोरेज भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः रु.३८,९९९ र रु.४१,९९९ रहेको छ।
रेड्मी नोट १२, ३ अप्रिल, २०२३ देखि नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा उपलब्ध हुने जनाएको छ।
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार