
काठमाडौं ।
अर्को महिनादेखि स्कटल्याण्डमा सेल्फ-ड्राइभिङ बस सेवा शुरु हुनेछ र यो सम्भवत विश्वको पहिलो हुनेछ।
स्टेजकोचले फोर्थ रोड ब्रिज रोड १५ मे देखि शुरु हुने बताएको बीबीसीले उल्लेख गरेको छ।
सेल्फ–ड्राइभिङ बस सेवा फेरीटोल पार्क हुँदै फाइफबाट एडिनबर्ग पार्क ट्रेन र ट्राम इन्टरचेन्जको १४ माइलमा सञ्चालन हुनेछ।
५ सिंगल डेकर स्ववयत्त बसहरुको क्षमता प्रति हप्ता करिब १० हजार यात्रुलाई सेवा दिने हुनेछ।
सवारी साधनहरूमा सेन्सरहरू छन् जसले तिनीहरूलाई पूर्व–निर्धारत सडकहरूमा ५० माइल प्रति घण्टाको गतिमा यात्रा गर्न सक्षम गर्दछ।
बसमा दुई जना कर्मचारी हुनेछन्।
सेफ्टी ड्राइभर टेक्नोलोजी अनुगमन गर्न चालकको सीटमा बस्नेछ, र बस कप्तानले यात्रुहरूलाई बोर्डिङ, टिकटहरू खरिद र प्रश्नहरुमा मद्दत गर्नेछ।
बेलायत सरकारले परियोजना सीएभीफोर्थ संसारको पहिलो पूर्ण आकारको, सेल्फ ड्राइभिङ सार्वजनिक बस सेवा हुने बताएको छ।
प्रकाशित: २२ चैत्र २०७९, बुधबार