
काठमाडौं ।
आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुपअन्तर्गतको सफ्टवेयर डेभलपमेन्ट कम्पनी रिगोबीच कल सेन्टर म्यानेजमेन्टका लागि सहकार्य घोषणा भएको छ। रिगोको कल सेन्टर व्यवस्थापनका लागि सो सम्झौता गरिएको भक्सक्रोले जनाएको छ।
सम्झौता अनुसार, रिगोको कल सेन्टर सेवा तथा आफ्ना ग्राहकहरूमा गुणस्तरीय सेवा प्रदानका लागि सो सहकार्य गरिएको हो। सम्झौता अनुसार, रिगोले आफ्नो कल सेन्टर व्यवस्थापनका लागि भक्सक्रोको गेटडेक्स प्रविधि अपनाउनेछ।
आइएमई ग्रुप अन्तर्गत सञ्चालति रिगो नेपालको अग्रणी मानव संसाधन तथा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी)का लागि काम गर्दै आइरहेको कम्पनी हो।
भक्सक्रोको गेटडेक्स प्रविधि ८५ भन्दा बढी व्यवसायिक तथा अन्य संस्थाहरूले अपनाइसकेका छन्। फोनपे, बुद्ध एयर, नर्भिक इन्टरनेसनल हस्पिटल, केयर नेपाल, फुडमान्डु लगायतका संस्थाहरूले गेटडेक्समार्फत कल सेन्टर म्यानेजमेन्ट गर्दै आइरहेका छन्।
कम्पनीका अनुसार, दिनमा सय वा सो भन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ। कम्पनीले त्यस्ता अन्य कम्पनीहरूलाई शुरूवाती सेटअपका लागि ५० हजारदेखि ६० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ।
सेटअप पछि मासिक ४ हजार वा ५ हजारमै गेटडेस्कको सेवा लिन सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार