सिम्पल वान इलेक्ट्रिक स्कुटर अप्रिलमा सार्वजनिक हुने, यस्तो छ फिचर

  • Technology Khabar | १२ चैत्र २०७९, आईतवार
सिम्पल वान इलेक्ट्रिक स्कुटर अप्रिलमा सार्वजनिक हुने, यस्तो छ फिचर

काठमाडौं ।

सिम्पल वन इलेक्ट्रिक स्कुटर पहिलो पटक सन् २०२१ मा पेश गरिएको थियो। र, अब अप्रिल २०२३ को अन्त्यसम्म सार्वजनिक गरिने सम्भावना रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यस्तै इलेक्ट्रिक स्कुटरको मूल्य पनि बढाइने छ।

सिम्पल वन इलेक्ट्रिक स्कुटरको डेलिभरी फेज अनुसार शुरू गरिनेछ। कम्पनी यस इलेक्ट्रिक स्कुटरको डेलिभरी सबैभन्दा पहिला बैंगलोरबाट शुरू गर्नेछ र त्यसपछि आगामि महिनामा भारतको अन्य शहरमा डेलिभरी गरिनेछ।

सिम्पल एनर्जीको नयाँ सिम्पल भिजन १.० फ्यासिलिटीको शुरुआत तमिलनाडुमा शुरू गरेको छ र वन इलेक्ट्रिक स्कुटरको निर्माण पनि यही हुनेछ। यसको निर्माण शुरू भइसकेको छ र कम्पनी यसमा तीब्र गर्न चाहिरहेको छ। कम्पनीको जानकारी अनुसार १ लाख बुकिङ प्राप्त भइसकेको छ।

इलेक्ट्रिक स्कुटर पहिलेदेखि बुक गरिरहेका ग्राहक डेलिभरीको पर्खाइमा छन्। सप्लाई चेनमा ढिलाई हुँदा यसको डेलिभरी शुरु हुन सकेको छैन। साथै नयाँ नियमका कारण स्कुटर ल्याउन पनि ढिलाई भइरहेको छ।

सिम्पल वन इलेक्ट्रिक स्कुटरको प्रोडक्शन मोडलमा कमजोरी नहोस् भन्ने कम्पनीको चाहना छ। यस कारणले पनि सिम्पल सावधानी अपनाई रहेको छ। हाल सिम्पल वानको मूल्य १ लाख ९ हजारदेखि १ लाख ४५ हजार भारु तोकिएको छ।

सिम्पल वन इलेक्ट्रिक स्कुटरमा अब ४.८ किलोवाट आवरको ब्याट्री प्याक दिइने सम्भावना छ। यसले २३६ किलोमिटर रेञ्ज प्रदान गर्नेछ। अतिरिक्त स्वापेबल ब्याट्रीका साथ यो इलेक्ट्रिक स्कुटरले ३०० किलोमिटरको अधिक रेञ्ज प्रदान गर्नेछ।

फास्ट डीसी चार्जरबाट ६० सेकेण्डमा २.५ किलोमिटर रेञ्जसम्म चार्ज हुन्छ। एसी चार्जरबाट इनबिल्ट ब्याट्री २.७५ घण्टामा ० देखि १०० प्रतिशत चार्ज हुन्छ। यसको रिमूवेबल ब्याट्री चार्ज गर्न अतिरिक्त ७५ मिनेट लाग्छ।

दुवै ब्याट्री चार्ज गर्न कुल ४ घण्टा समय लाग्छ। रिपोर्ट अनुसार कम्पनीले आगामी महिनामा भारतभर ३०० चार्जिङ स्टेशन स्थापना गर्नेछ। यहाँबाट ग्राहकले फास्ट चार्जिङको लाभ लिन सक्नेछन्।

फिचरको कुरा गर्दा यसमा ७ इन्चको टचस्क्रीन डिस्प्ले, अन बोर्ड नेभिगेशन, ब्लूटूथ, जियो फेन्सिङ, फोरजी एलटीई, ओवर द एयर अपडेट, पÞmास्ट चार्जर लोकेशन, टायर प्रेशर मोनिटर सिस्टम, कल, म्यूजिक कन्ट्रोल, व्हीकल ट्रयाकिङ, डक्यूमेन्ट स्टोरेज लगायत दिइएको छ।

यसमा सस्पेन्सनका लागि अघि टेलीस्कोपिक फोर्क तथा रियमा मोनो शक छ। फ्रन्ट र रियरमा ९० मिलिमिटर ड्रम ब्रेक, टायरको आकार १२ इन्च, ३० लिटरको बूट स्पेस दिइएको छ।

प्रकाशित: १२ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार