सामसङ ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए३४ भारतमा ढुवानी

  • Technology Khabar | १२ चैत्र २०७९, आईतवार
सामसङ ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए३४ भारतमा ढुवानी

काठमाडौं ।

यस महिनाको शुरुआतमा प्रि–अर्डर खोलेको सामसङले ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए३४ भारतमा सिपिङ्ग गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

ग्यालेक्सी ए५४ असम लाइम, असम भोइलेट र असम ग्रेफाइट रङ्गहरुमा उपलब्ध भएको बताइएको छ। साथै ग्यालेक्सी ए५४ ८/१२८जीबी र ८/२५६ जीबी गरी दुई मेमोरी कन्फिगरेसनमा उपलब्ध भएको बताइएको छ। ८/१२८जीबीको मूल्य ३८,९९९ भारु र ८/२५६ जीबीको मूल्य ४०,९९९ भारु रहेको बताइएको छ।

ग्यालेक्सी ए३४ भने लाइट ग्रीन (हल्का हरियो), ब्ल्याक (कालो), लाइट भोइलेट र सिल्भर (चाँदी) गरी चार रङहरूमा उपलब्ध भएको बताइएको छ। साथै ८/१२८जीबी भेरियन्टको मूल्य ३०,९९९ भारु र ८/२५६ जीबीको मूल्य ३२,९९९ भारु रहेको बताइएको छ।

सामसङले एसबीआई बैंक र आईसीआईसीआई बैंकको क्रेडिट कार्डहरूमा ३,००० भारु क्यासब्याक प्रदान गरेको उल्लेख गरिएको छ। साथै सामसङले शुक्रबार दिउँसोदेखि शनिबार दिउँसाको १२ बज्नु भन्दा एक मिनेट अघि सम्म फोन खरिद गर्ने ग्रहाकलाई २५ वाटको चार्जर निःशुल्क उपलब्ध गराएको थियो।

ग्यालेक्सी ए५४ मा १२० हर्ज रिफ्रेस रेट सहितको ६.४ इन्चको १०८०पी सुपर एएमओएलईडी डिस्प्ले छ। साथै यस मोडलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५,००० एमएएच ब्याट्री र एक्जीनोस १३८० चिपसेट समावेश गरिएको छ।

ग्यालेक्सी ए३४ मा १२० हर्ज रिफ्रेस रेट सहितको ठूलो ६.६ इन्चको १०८०पी सुपर एएमओएलईडी रहेको छ। साथै मोडलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५,००० एमएएच ब्याट्री र डाइमेन्सिटी १०८०पी चिप समावेश गरिएको छ।

प्रकाशित: १२ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...