आईफोन १५ मा डायनामिक आइल्याण्ड र प्रो मोडलहरूमा टाइटेनियम फ्रेम हुने

  • Technology Khabar | ९ चैत्र २०७९, बिहीबार

काठमाडौं ।

आईफोन १५को पछिल्लो समयको लीकले डिस्प्लेहरूको बारेमा जानकारी प्रदान गरेको बताइएको छ। लीक भएका तीनओटा ग्लास प्यानलहरूले सम्पूर्ण आईफोन १५ लाइनअपमा डायनामिक आइल्याण्ड रहने खुलासा गरेको बताइएको छ। तलका तीनओटा ग्लास प्यानलहरू कथित रूपमा बायाँको आईफोन १५, बीच्चको आईफोन १५ प्रो र दायाँको आईफोन १५ प्रो म्याक्स रहेको उल्लेख गरिएको छ।साथै सम्पूर्ण लाइनअपको सम्पूर्ण डिस्प्लेमा पातलो समान १.५ एमएम बेजेल हुने अफवाह रहेको उल्लेख गरिएको छ।

भेनिला १५ र १५ प्लसमा नयाँ डायनामिक आइल्याण्डमा आउनुका साथै स्ट्याण्डर्ड ६० हर्ज रिफ्रेस रेट पनि कायम राख्ने बताइएको छ भने प्रो मोडेलहरूमा अलवेजं–अन डिस्प्ले नहुने उल्लेख गरिएको छ। त्यसैगरी अर्को भिन्नता भनेको उक्त डिभाइसमा समावेश गरिने चिपसेट रहेको बताइएको छ। गत वर्षको जस्तै, प्रो मोडलहरू ए१७ बायोनिकमा बम्प हुनेछन् भने नियमित मोडेलहरूले २०२२ को ए१६ बायोनिक पाउने उल्लेख गरिएको छ।

त्यसैगरी अन्य लीकमार्फत आईफोन १५ प्रो को सीएडी रेन्डरहरू देखा परेको बताइएको छ। नयाँ प्रो मोडलहरू स्टेनलेस स्टीलको सट्टा टाइटेनियम फ्रेमहरूमा प्रिमियर गरिने छ। उक्त टाइटेनियम फ्रेमहरूले फोनलाई अझ धेरै टिकाउ बनाउनुका साथै हलुका पनि बनाउने उल्लेख गरिएको छ। साथै यस लाइनअपमा अर्को मुख्य विशेषता भनेको यसमा समावेश गरिएको सोलिड–स्टेट बटनहरू रहेको बताइएको छ। साथै तिनीहरूमा ३डी टच ह्याप्टिक फिडब्याक, ट्याप्टिक इन्जिन मोटरहरू पनि रहने उललेख गरिएको छ।

साथै म्यूट स्विचलाई बटनको रुपमा पनि उपयोग गर्न सकिने बताइएको छ। साइलेन्टको लागि उक्त म्यूट स्विचलाइ एक पटक थिच्नु पर्ने र ध्वनि सक्षम गर्नको लागि भने फेरि एक पटक थिच्नु पर्ने बताइएको छ।

त्यसैगरी आईफोन १५ र १५ प्लसमा भने नियमित बटनहरू राखिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार