Technology Khabar ८ चैत्र २०७९, बुधबार
काठमाडौं ।
गत जनवरीमा एचएमडीले आफ्नो इन्ट्रि–लेवलको ह्यान्डसेट नोकिया सी१२ लन्च गरेको थियो। त्यसैगरी अब एचएमडीको नोकियो सी१२ प्रोले डेब्यू गरेको उल्लेख गरिएको छ। नयाँ डिभाइस नोकिया सी१२ प्रो र नोकिया सी१२को स्पेक्सहरु ठ्याक्कै उस्तै (समान) रहेको बताइएको छ। तर नोकिया सी१२ प्रोमा नोकिया सी१२को भन्दा ठूलो ४,००० एमएएचको रिम्भेबल ब्याट्री समावेश गरिएको जीएसएमएरिनामा उल्लेख छ।
नोकिया सी१२ प्रोमा ५ मेगापिक्सेलको सेल्फी क्यामेराको लागि वाटरड्रप नचको साथै ६.३ इन्चको एचडीप्लस स्क्रिन अपफ्रन्ट गरिएको छ। त्यसैगरी फोनको पछाडिको भागमा सिङ्गल ८ मेगापिक्सेलको सेन्सर र एलईडी फ्ल्यास समावेश गरिएको छ। नोकिया सी१२ प्रोमा युनिएसओसीको ९८६३ए१ चिपसेटका साथै २/३जीबी र्याम र ६४जीबी स्टोरेज समावेश गरिएको छ। साथै फोनले एन्ड्रोइड १२ (गो एडिसन) बुट गर्नुका साथै दुई वर्षको लागि त्रैमासिक सेक्युरिटि अपडेटहरू दिने वाचा गरेको उल्लेख गरिएको छ।
नोकिया सी१२ प्रो डार्क सियान, लाइट मिन्ट र चारकोल गरी तीनओटा रङ्गहरुमा उपलब्ध भएको उल्लेख गरिएको छ। २/६४जीबी मोडलको मूल्य ६,९९९ भारु रहेको छ भने ३/६४जीबी भर्सनको मूल्य ७,४९९ भारु तोकिएको छ।
प्रकाशित: ८ चैत्र २०७९, बुधबार