रु.११,९९० पर्ने अनर एक्स ५ नेपाली बजारमा सार्वजनिक

Technology Khabar ४ चैत्र २०७९, शनिबार

रु.११,९९० पर्ने अनर एक्स ५ नेपाली बजारमा सार्वजनिक

काठमाडौं ।

नेपालमा अनरका उत्पादनका लागि आधिकारिक राष्ट्रिय बितरक सेलट्रोन नेपाल प्रालिले नेपालमा सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन सार्वजनिक गरेको छ।

२ जीबी र्याम र ३२ जीबी ईन्टरनल इस्टोरेज क्षमताको मेमोरी भएको उक्त फोनको मुल्य रु ११९९० तोकिएको कम्पनिले जनाएको छ।

नवीनतम प्रविधिको साथ डिजाइन गरिएको अनर एक्स ५ मा ५००० इम ए एच क्षमताको ब्याट्री, ६.५ इन्चको अनर फुल भ्यू डिस्प्ले, मिडियाटेक हेलियो जि २५ अक्टाकोर प्रोसेसर, २ जीबी र्याम र ३२ ईन्टरनल स्टोरेज क्षमता, ८ मेगापिक्सेल प्रमुख क्यामरा र ५ मेगापिक्सेल सेल्फि क्यामरा जस्ता आकर्सक फिचरहरु भएको कम्पनीले जानकारी दिएको छ।

अनर एक्स५ १५ मार्च २०२३ देखि खरिदका लागि उपलब्ध हुनेछ। मानिसहरूले यसलाई नेपालभरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि किन्न सक्छन्।

Sajilo Visa

प्रकाशित: ४ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार