रोजगारदातालाई वैदेशिक रोजगार विभागको ‘एफईआईएमएस’मा पहुँच

  • Technology Khabar | ४ चैत्र २०७९, शनिबार
रोजगारदातालाई वैदेशिक रोजगार विभागको ‘एफईआईएमएस’मा पहुँच

काठमाडौं ।

वैदेशिक रोजगार विभागले गन्तव्य देशका रोजगारदातालाई आफ्नो सफ्टवेयर ‘एफईआईएमएस’ (वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली)मा पहुँच (एक्सेस) दिएको छ।

पहिले रोजगारदाताले नेपालबाट श्रमिकको माग गर्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमै गएर कागजात पेस गर्नुपर्थो, अहिले उक्त प्रक्रिया रोजगारदाताका लागि झन्झटिलो भएको भन्दै विभागकै सफ्टवेयरमा एक्सेस दिएको हो।

भौतिक उपस्थिति हुँदा दूतावासका कर्मचारी र रोजगारदाताबीच स्वार्थको मोलमोलाइ हुने गरेको आरोप पनि लाग्दै आएको थियो। यसले प्रक्रिया थप पारदर्शी हुने बताइएको छ।

नेपालका वैदेशिक रोजगार व्यवसायीले पनि एफईआईएमएसमा रोजगारदातालाई प्रवेश दिनुपर्ने माग राख्दै आएका थिए ।

एफईआईएमएसमा रोजगारदाताले आफूलाई नेपालबाट के कामका लागि कति जना श्रमिक चाहिए भनेर माग राख्नेछन्। सोहीअनुसार दूतावासले बाँकी प्रक्रिया अगाडि बढाउनेछ।

विभागको यस सिस्टममा नेपालका म्यानपावर व्यवसायीको पनि ‘एक्सेस’ छ। कम्पनीले पनि ती माग सोझै हेर्न सक्नेछन्। विभागका अनुसार यसले श्रमिक भर्ना प्रक्रियालाई सहज बनाउने जनाएको छ।

माग प्रमाणीकरणसम्बन्धी थप प्रक्रियाबारे बुझ्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न रोजगारदातालाई विभागले आग्रह गरेको छ।

प्रकाशित: ४ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार