मोबाइल बैंकिङ मार्फत हुने कारोबार रकम ८६ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुग्यो

  • Technology Khabar | २ चैत्र २०७९, बिहीबार
मोबाइल बैंकिङ मार्फत हुने कारोबार रकम ८६ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुग्यो

काठमाडौं ।

नेपालमा अनलाइन मार्फत हुने कारोबार संख्या र रकम बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले माघ मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मोबाइल बैंकिङका प्रयोगकर्ता तथा कारोबार रकम र संख्या बढ्दो क्रममा देखिएको हो।

माघ महिनामा मोबाइल बैंकिङबाट १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ। गत वर्षको सोही अवधिमा मोबाइल बैंकिङबाट ९२ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको करोबार भएको थियो।

एक वर्षको अवधिमा ७९ अर्ब ३५ करोड १० लाख रुपैयाँ अर्थात ८५.५३ प्रतिशतले मोबाइल बैंकिङ मार्फत हुने कारोबार बढेको छ।

कारोबार रकम मात्र नभएर मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा पनि ठूलो वृद्धि भएको छ। २०७८ को माघमा १ करोड ६४ लाख ७६ हजार ७०० मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको यो २०७९ माघमा २ करोड ३६ हजार ५२४ पुगेका छन्। एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता ३५ लाख ५९ हजार ८२४ ले बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार