Technology Khabar १ चैत्र २०७९, बुधबार
काठमाडौं ।
चीनको शीर्ष ईभी स्टार्टअप निटाले यहि मार्च १० मा चीनबाहिर आफ्नो पहिलो विदेशी उत्पादन प्लान्टको शिलन्यास गरेको छ।
चिनियाँ विद्युतीय सवारी (इभी) कम्पनी होजोन अटोको स्वामित्वमा रहेको निटाले गत वर्ष दक्षिणपूर्वी एसियाली देशमा आफ्ना सवारीसाधन ल्याएको थाइल्याण्डमा पहिलो विदेशी कारखाना निर्माण सुरु गरेको हो।
नेटाले मार्च १० मा थाइल्याण्डको बैंककमा आफ्नो प्लान्टको आधारशिला राखेको थियो, जुन आसियानमा निर्यातका लागि दायाँ-हाते ड्राइभ ईभीहरूको मुख्य निर्माण आधार हुने कम्पनीले बताएको छ।
यो प्लान्ट निटाको पहिलो विदेशी कारखाना हो र नयाँ चिनियाँ कार निर्माताको लागि थाइल्याण्डमा पहिलो प्लान्ट हो। निर्माण पूरा भएपछि, प्लान्टको क्षमता प्रति वर्ष २०,००० युनिट हुनेछ र जनवरी २०२४ को अन्त्यसम्ममा सञ्चालन हुने अपेक्षा गरिएको छ।
निटाले थाइल्याण्डको बीजीएसीसँग संयुक्तरूपमा इभी एसेम्बल स्थल निर्माण गर्न सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ।
निटाले आफ्नो वैदेशिक व्यापारलाई मध्य पूर्व र युरोपेली संघ लगायतका धेरै क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसले यसलाई विश्वभरका उपभोक्ताहरूद्वारा मान्यता प्राप्त र विश्वासयोग्य ब्रान्ड बनाएको कम्पनीका सह-संस्थापक र सीईओ झाङ योङले ग्राउन्डब्रेकिङ समारोहमा बताएका थिए।
निटाले हाल मुख्यतया बजेट ईभी बजारलाई लक्षित गरिरहेको छ। कम्पनिको निटा भी र निटा यूको चीनमा मूल्य लगभग १ लाख युआन (१४,३८० डलर) देखि १ लाख ५० हजार युआनसम्म रहेको छ।
स्मरणरहोस् नेपाली बजारमा पनि निटाका भी र यु मोडलहरु उपलब्ध रहेका छन्। नेपाली बजारमा सीजी ग्रुपअन्तरगतको कम्पनीले आयात तथा बिक्री गर्दै आएको छ।
प्रकाशित: १ चैत्र २०७९, बुधबार