रिमुभेबल ब्याट्रीको साथ नोकिया सी१२ भारतीय बजारमा लन्च

Technology Khabar ३० फाल्गुन २०७९, मंगलवार

रिमुभेबल ब्याट्रीको साथ नोकिया सी१२ भारतीय बजारमा लन्च

काठमाडौं ।

गत महिना एमडब्लुसीमा घोषणा गरिएको नोकिया सी१२ आज भारतमा लन्च गरिएको छ। उक्त नयाँ डिभाइस इन्ट्रि–लेवल स्पेसिफिकेसनहरुको साथ बजेट मूल्यमा आएको उल्लेख छ। नोकिया सी१२ भारु ७,००० मूल्य खण्ड अन्तर्गत पर्ने बताइएको छ। साथै उक्त डिभाइसले बजारमा रेडमी ए१, रियलमी सी३०, टेक्नो स्पार्क गो २०२३ र थप अन्य फोनहरूसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।

नोकिया सी१२ मा ६.३ इन्चको एचडी प्लस रिजोलुसन भएको १,६००x७२० पिक्सेलको डिस्प्ले रहेको छ। साथै फोनको माथिल्लो भागमा वाटरड्रप नोच र तल बाक्लो ‘चिन’ रहेको बताइएको छ। फोन आईपी५२–रेटेड डस्ट र स्प्ल्याश–प्रूफ रहेको छ। यद्यपी फोनमा फिंगरप्रिन्ट स्क्यानर नभएको उल्लेख छ।

नोकिया सी१२ मा सिङ्गल ८मेगापिक्सेलको रियर क्यामरा र एलइडी फ्ल्यास रहेको बताइउको छ। साथै फोनमा सेल्फी र भिडियो कलिङका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिङ स्न्यापर पनि समावेश गरिएको छ।

आन्तरिक रूपमा, नोकिया सी१२ १.६गीगाहर्ज युनिस्को एससी९८६३ए अक्टा–कोर प्रोसेसरले सुसज्जित रहेको छ। यस फोनमा २जीबी र्याम र ६४जीबी स्टोरेज रहेको र उक्त स्टोरेजलाई माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न सकिने बताइएको छ। यस फोनको सफ्टवेयर स्मार्टफोन एन्ड्रोइड १२ गो संस्करणमा चल्नेछ। नोकिया सी१२मा ३,००० एमएएचको रिमुभेबल ब्याट्री समावेश गरिएको बताइएको छ।

नोकिया सी१२ को कनेक्टिभिटी विकल्पहरूमा डुअल सिम, ३.५ एमएम हेडफोन ज्याक, फोरजी भोल्टे, वाई–फाई, ब्लुटुथ, जीपीएस र माइक्रो यूएसबी पोर्ट समावेश गरिएको बताइएको छ।

नोकिया सी१२ डार्क सियान, चारकोल र लाइट मिन्ट रंगहरूमा उपलब्ध भएको उल्लेख गरिएको छ। यस फोनको को मूल्य ५,९९९ भारतिय रुपैयाँ रहेको छ। यस स्मार्टफोन मार्च १७ देखि अमेजन इण्डियाबाट खरिद गर्न सकिने बताइएको छ।

Sajilo Visa

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार