एमजी ४ ईभी बेलायतको कार अफ द इयर २०२३

  • Technology Khabar | २७ फाल्गुन २०७९, शनिबार
एमजी ४ ईभी बेलायतको कार अफ द इयर २०२३

काठमाडौं ।

एमजी४ ईभीले बेलायत कार अफ द इयर २०२३ को उपाधी जितेको छ। यूकेसीओटीवाई अवार्ड मोटरिङ रिसर्चका टिम पिट सहित २७ अनुभवी अटोमोटिभ पत्रकारहरूद्वारा जर्ज गरिन्छ।

एमजी४ ले शीर्ष सम्मान प्राप्त गर्यो भने डसिया जोगरले बेस्ट लार्ज फ्यामेली कार र टोयाटा जीआर८६ ले उत्कृष्ट कूप अवार्ड प्राप्त गरे।

सन् २०२२ मा हुन्डाई आयोनिक ५ ले यूके बेस्ट कार अवार्ड प्राप्त गरेको थियो। एमजी४ ५१ किलोवाट आवर वा ६४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ। यसले कारको अधिकतमा रेञ्ज २८१ माइल छ।

एमजी४ इलेक्ट्रिकको शुरुवाती मूल्य २६ हजार ९९५ पाउण्ड स्ट्रलिङ तोकिएको छ। एमजी४ इलेक्ट्रिकले यूके कार अफ द इयरको उपाधी जित्नुमा किफायतीलाई कारकको रुपमा मानिएको छ।

अन्य श्रेणीका विजतेका सूची यस्तो छः

बेस्ट सिटी कार- टोयोटा आयगो एक्स

बेस्ट फ्यामेली कार- एमजी४

बेस्ट लार्ज फ्यामेली कार- डसिया जोगर

बेस्ट क्रसओभर- किया निरो

बेस्ट कुप- टोयोटा जीआर८६

बेस्ट परर्फमेन्स कार- लोटस एमिरा

प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार