
काठमाडौं ।
इलेक्ट्रिक दुई ह्वीलर निर्माता जेमोपाईले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइड सुपरम्याक्स भारतमा सार्वजनिक गरेको छ। राइडर सुपरम्याक्स इलेक्ट्रिक स्कुटरको मूल्य ८० हजार भारु एक्स शोरुम तोकिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
जेमोपाई राइडर सुपरम्याक्स कम्पनीको स्लो स्पीड स्कुटर भेरियन्ट राइडरको अपग्रेड भर्सन हो। जसमा एडभान्स फिचर र राम्रो राइडर कम्फर्टका साथ पेश गरिएको छ। सस्तो मूल्यमा उत्कृष्ट फिचर युक्त इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको कम्पनीको दाबी छ।
राइड सुपरम्याक्स इलेक्ट्रिक स्कुटरमा प्रयोग गरिएको बीएलडीसी हब इलेक्ट्रिक मोटरले २.७ किलोवाटको अधिकतम पावर प्रदान गर्छ। यस इलेक्ट्रिक स्कुटरको टप स्पीड ६० किलोमिटर प्रति घण्टा र फुल चार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्न सक्षम छ।
कम्पनीका अनुसार राइड सुपरम्याक्स इलेक्ट्रिक स्कुटर शहरी उपयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। किफायती र वातावरणमैत्री स्कुटरको खोजिमा रहेकाले यो ईस्कुटर उपयुक्त हुने कम्पनीको विश्वास छ।
जेमोपाई राइड सुपरम्याक्स इलेक्ट्रिक स्कुटरमा १.८ किलोवाट पोर्टेबल ब्याट्री प्याक प्रयोग गरिएको छ। ब्याट्रीलाई स्कुटरबाट निकालेर पनि चार्ज गर्न सकिन्छ। कम्पनीले उपलब्ध गराउने स्मार्ट चार्जर एआईएस १५६ सर्टिफाइड छ। साथै कम्पनीले स्कुटरमा एप कनेक्टिभिटी फिचर पनि उपलब्ध गराएको छ।
जेमोपाई कनेक्कट एपले राइडलाई स्मार्ट र सुरक्षित बनाउँछ। एपको मद्दतबाट राइड स्कुटरसँग ७ दिन २४ घण्टा सम्पर्कमा रहन सक्छन्। यसबाट इलेक्ट्रिक स्कुटरको ब्याट्री, स्पीड अलर्ट, सर्भिस रिमाइन्डर र धेरै जानकारीका सम्बन्धमा रियल टाइम मोनटरिङ र अपडेट प्राप्त हुन्छ।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार