भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत तथा सुदृढीकरण

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत तथा सुदृढीकरण

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत तथा सुदृढीकरण गरेको छ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रहेर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस टर्मिनल–गोन्द्राङ र केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम सुरु भएको र यसका लागि रु. एक अर्ब २० करोडमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो।

भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस टरमिनलसम्म सबै तार भूमिगत गरिनेछ।

बसपार्कबाट गोन्द्राङ्सम्म ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गर्न लागिएको छ। एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले महानगरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागेको हो।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार