वैज्ञानिकहरुले पृथ्वीको इनर कोरमा नयाँ तहको प्रमाण फेला पारे

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
वैज्ञानिकहरुले पृथ्वीको इनर कोरमा नयाँ तहको प्रमाण फेला पारे

काठमाडौं ।

अनुसन्धानकताहरुले पृथ्वीको केन्द्रको बारेमा अझै पनि थप नयाँ खोज गरिरहेका छन्। अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) को एक टोलीले ग्रहको भित्री कोरमा बसेको नयाँ तहको प्रमाण फेला पारेको छ। यो “इनरमोस्ट इनर कोर” आईरन–निकेल एलोय (मिश्र धातु) बल रहेको र यसमा पृथ्वीको पुरातन इतिहासको “(जीवाश्म) फोसिल रेकर्ड” भएको प्रोफेसर हरभ्वे क्यासिकले बताएका छन्। अहिलेसम्म विज्ञानले ‘क्रस्ट, म्यान्टल, आउटर कोर र इनर कोर’ गरि चार तह मात्रै पहिचान गरेको इनग्याजेटमा उललेख गरिएको छ।

वैज्ञानिकहरूले भूकंपिय तरंगहरूको अध्ययन गरेर (लुकेको) ‘हिडन’ कोर फेला पारेका हुन्। सो भूकंपिय तरंगहरू पृथ्वीको सम्पूर्ण व्यासमा पाँच पटकसम्म (ब्याक एण्ड फोर्थ ट्राभल गरेको) घुमेको थियो। यस अघिका अध्ययनहरूले भने एकल बाउन्सलाई मात्र हेरेका थिए। केन्द्र नजिकका स्थानहरूलाई कोणहरूमा जाँच गरिएको भूकम्प तरंगहरूले भित्री तह भित्र फरक क्रिस्टलीय संरचना रहेको सुझाव दिएको उल्लेख छ। प्रभावकारी रूपमा, एलोयले तरंगहरूको लागि यात्रा समयलाई तिनीहरू गुज्रिँदा स्किविङ गरेको बताइएको छ।

सो खोजहरुले इनर कोरको अनुसन्धान गर्नको लागि नयाँ तरिकाको ढोका खोलेको प्रमुख लेखक थान–सन फामले बताएका छन्। इनरमोस्ट इनर कोरले ग्रहको मुटुमा “महत्वपूर्ण“ प्रभाव पारेको पृथ्वीको विगतको एउटा प्रमुख घटनालाई संकेत गरेको एएनएयूको विश्वास रहेको छ।

त्यसैगरी यसले पृथ्वीको चुम्बकीय क्षेत्रको गठनलाई पनि व्याख्या गर्न मद्दत गर्न सक्ने अनुसन्धानकर्ताहरूलाई उल्लेख गर्दै वाशिंगटन पोस्टले लेखेको छ। चुम्बकीय क्षेत्रले पृथ्वीलाई हानिकारक विकिरणबाट जोगाउने र पानीलाई अन्तरिक्षमा बग्नबाट रोक्दै जीवनलाई समर्थन गर्न प्रमुख भूमिका खेल्ने उल्लेख गरिएको छ।

उक्त जानकारीले अन्य संसारको अध्ययनमा थप मद्दत गर्न सक्ने बताइएको छ। हाम्रो ग्रह जस्तै रहेको भनिएको मंगल ग्रहलाई बाँझो ग्रह मानिन्छ। लगभग चार अर्ब वर्ष पहिले मंगल ग्रहले आफ्नो चुम्बकीय क्षेत्र गुमाएको थियो। चुम्बकीय क्षेत्रको अभावमा सोलार फ्लेयर र धुलो आँधीहरू विरुद्ध कुनै सुरक्षा नभएपछि मंगल ग्रहको वायुमण्डल र महासागरहरू बगाएको थियो। यसै बीच एक्जोप्लानेट खोजीमा बस्न योग्य संसारहरू खोज्नको लागि यो नयाँ ज्ञानको प्रयोग गर्न सक्ने बताइएको छ। पृथ्वीजस्तै कोर संरचनाको उपस्थितिले जीवित रहने संकेत गर्ने ग्यारेन्टी नगरे तापनि अन्य उस्तै ग्रहहरूलाई हेर्न भूमिका खेल्न सक्ने बताइएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार