७ महिनामा १४ अर्ब ७६ करोडको स्मार्टफोन आयात

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार
७ महिनामा १४ अर्ब ७६ करोडको स्मार्टफोन आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष (आव) को पहिलो ७ महिनामा १४ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको स्मार्टफोन नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको माघ मसान्तसम्म १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँ बराबरको

१० लाख ५ हजार १३५ यूनिट स्मार्टफोन नेपाल भित्रिएको हो।
उक्त स्मार्टफोनको आयातबाट सरकारले २ अर्ब ७५ करोड ६३ लाख ७५ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

पुस मसान्तसम्म १३ अर्ब ९८ लाख ८८ हजार रुपैयाँ बराबरको ८ लाख ९५ हजार ५७९ यूनिट स्मार्टफोन आयात भएको थियो।

माघ महिनामा १ अर्ब ७५ करोड ८४ लाख ६२ हजार रुपैयाँ बराबरको १ लाख ९ हजार ५५६ यूनिट स्मार्टफोन आयात भएको छ।

नेपालमा ६० ओटा मुलुकबाट स्मार्टफोन आयात हुने भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा आयात हुने स्मार्टफोन मध्ये अधिकतम दुई छिमेकी मुलुक चीन र भारतबाट आउने गरेको देखिन्छ।

चीनबाट सबैभन्दा धेरै ९ अर्ब ८३ करोड २३ लाख १ हजार रुपैयाँ बराबरको ७ लाख १० हजार ६७७ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ४ अर्ब १३ करोड ५१ लाख ७३ हजार रुपैयाँ बराबरको २ लाख ८२ हजार ७२० यूनिट स्मार्टफोन आयात भएको छ।

भियतनामबाट ३० करोड ७९ लाख ८३ हजार रुपैयाँ बराबरको ३ हजार २०० यूनिट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Prime College and InternSathi partner to strengthen student career development

  • Technology Khabar
  • १४ फाल्गुन २०७९, आईतवार