ओलाले भारतको तमिलनाडुमा इलेक्ट्रिक कार उत्पादन गर्न भारु ७,६१४ करोड लगानी गर्ने
काठमाडौं ।
ओला इलेक्ट्रिकले भारतको तमिलनाडुमा इलेक्ट्रिक कार उत्पादन गर्ने भएको छ। ओला इलेक्ट्रिक मोबिलिटी प्राइभेट लिमिटेड र तमिलनाडु सरकारबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसको घोषणा ओलाका सीईओ भाविश अग्रवालले ट्विटर मार्फत गरेका छन्।
उक्त सम्झौता अनुसार ओलालाई तमिलनाडुमा इलेक्ट्रिक गाडी र लिथियम आयन ब्याट्री उत्पादन गर्न अनुमति दिने डीएनइन्डियाले उल्लेख गरेको छ।
सम्झौताका सर्तहरू अनुसार, ईभी उत्पादकले राज्य भित्र कुल ७,६१४ करोड भारु लगानी गर्नेछ। जसमा २,५०० करोड भारु ईभीएसको एसेम्बलीमा र ५,११४ करोड भारु लिथियम–आयन ब्याट्रीहरूको निर्माणमा जानेछ। राज्यको कृष्णगिरि जिल्लामा दुवै सुविधा स्थापना हुनेछ।
‘ओलाले तमिलनाडुमा एकीकृत २ वाट कार र लिथियम सेल गिगाफ्याक्ट्रीहरू सहित विश्वको सबैभन्दा ठूलो ईभी हब स्थापना गर्नेछ। आज (आईतबार) तमिलनाडुसँग एमओयूमा हस्ताक्षर भएको छ। माननीय ज्यु लाई धन्यवाद सीएमएटदरेटएमकेस्टालिन सरकारको समर्थन र साझेदारीको लागि! पूर्ण विद्युतमा भारतको संक्रमणलाई गति दिँदै!’ भाविश अग्रवालले ट्वीट गरेका छन्।
ओलाले राज्यमा १,५०० एकड जमिन खरिद गरेर इलेक्ट्रिक गाडी उत्पादन गर्न प्लान्ट निर्माण गर्ने अनुमान गरिएको थियो।