बालबालिकाको लागि सामसङको बिक्सबी भ्वाइस असिटेन्ट नयाँ अपडेटसहित उपलब्ध

  • Technology Khabar | ८ फाल्गुन २०७९, सोमबार
बालबालिकाको लागि सामसङको बिक्सबी भ्वाइस असिटेन्ट नयाँ अपडेटसहित उपलब्ध

काठमाडौं ।

सामसङले बालबालिकाहरुको लागी बिक्सबीको नयाँ भर्सन जारी गरेको छ। केही परिवर्तनहरूका साथ आएको सामसङको कन्भरसेस्नल एआई असिटेन्ट बिक्सबी बालबालिकाहरुको लागि सुरक्षित हुने दाबी गरिएको छ।

सामसङ डिभाइसहरुको बाल खाताहरूको लागि उपलब्ध बिक्सबीले बालबालिका–मैत्री सामग्री प्रदान गर्ने र उनीहरूको उमेर अनुसार उपयुक्त तरिकामा प्रश्नहरूको जवाफ दिनेछ।

सामसङको यो सुविधा हाल अमेरिका र दक्षिण कोरियामा मात्र उपलब्ध भएको बताइएको छ। साथै बिक्सबी किड्स एडिसन अन्य थुप्रै राष्ट्रहरुमा पनि छिट्टै नै प्रदान गरिने सामसङको बिक्सबी अपरेसन टोलीले बताएको छ। हालको अवस्थामा कुनै सटिक रिलीज योजना नभए तापनि कम्पनीले उक्त बिक्सबी किड्स एडिसन क्रमिकरुपमा उपलब्ध हुने पुष्टि गरेको छ। कम्पनीले यो नयाँ प्रणाली बिक्सबीको अपडेट मार्फत ल्याएको हो।

पारिवारिक समूह र बच्चाको एकाउन्ट सेटअप गरेपछि बिक्सबी किड्स सामसङ खातामार्फत सेटअप गर्न सकिने बताइएको छ। उक्त बिक्सबी किड्स एडिसन विषेशगरी १३ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर ल्याइएको र यो उमेर प्रतिबन्ध देशअनुसार फरक हुन सक्ने सामसङले औपचारिक घोषणामा भनेको छ।

वयस्कहरूको लागि उपलब्ध एडिसन र बालबालिकाहरुको लागि उपलब्ध बिक्सबी किड्स समान भएपनि बिक्सबी किड्स एडिसन विशेषरूपमा चयन गरिएको सामग्रीका साथ उपलब्ध भएको बताइएको छ। बच्चाहरूले बिक्सबी (क्वेरिज) प्रश्नहरू सोध्न सक्ने र कन्भरसेस्नल एआईले उनीहरूको उमेरको लागि उपयुक्त तरिकाले जवाफ दिने बताइएको छ।

बिक्सबी किड्स एडिसनले संगीत बजाउन, कथा सुनाउन र बालबालिका–मैत्री गतिविधिहरू गर्नदिने उल्लेख गरिएको छ। यसले विज्ञापन–रहित मोबाइल गेमहरू बालबालिकाहरुलाई उपलब्ध गराउने अपेक्षा गरिएको छ। हालै बिक्सबी अपडेट अन्तर्गत बग प्याचहरू र फिचर अपग्रेडहरू थपिएको सामसङले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ८ फाल्गुन २०७९, सोमबार