विदेशमा बसेर नेपाली महिलाको चरित्रहत्या गर्ने पक्राउ

  • Technology Khabar | ७ फाल्गुन २०७९, आईतवार
विदेशमा बसेर नेपाली महिलाको चरित्रहत्या गर्ने पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

विदेशमा रही नेपाली महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ परेका छन्। पीडित महिलाको नाबालिका सहोदर बहिनी समेतसँगै भएको तस्विर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने कार्य गरेको आरोपमा रौतहट देवाही गोनही नगरपालिका वडा नं. ५ निवासी २२ वर्षिय हरिहरप्रसाद यादवलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए।

यादवले नाम गोप्य राखिएको महिलाको तस्विर प्रयोगगरी सामाजिक सञ्जालमा अश्लील शब्दहरु लेखी पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको आरोपमा ब्यूरोमा उजुरी परेको थियो।

ब्यूरोको अनुसन्धानको क्रममा उक्त प्रोफाइल विदेशबाट सञ्चालित रहेको देखिएको थियो। राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगका आधारमा शंकित व्यक्तिलाई वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिक विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

यादवलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालबाट पक्राउ अनुमति लिई फागुन ४ गतेको आदेशले ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रायले जानकारी दिए।

प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...