भिभो भी २७ सिरिजको ग्लोबल लन्च मिति सार्वजनिक

  • Technology Khabar | ७ फाल्गुन २०७९, आईतवार
भिभो भी २७ सिरिजको ग्लोबल लन्च मिति सार्वजनिक

काठमाडौं ।

धेरै बेन्चमार्क सूचीहरूका साथै केही आधिकारिक टिजरहरू पश्चात भिभोले अन्ततः आफ्नो आगामी भी२७ सिरिज फोनहरूको लन्च विवरणहरू बारेमा पुष्टि गरेको छ। आगामी मार्च १ मा भी २७ सिरिज सबैभन्दा पहिले भारतीय बजारमा लन्च हुने भएको छ।

भी २७ प्रो मा कर्भड स्क्रिन र ओईएसका साथै सोनी आईएमएक्स ७६६भी क्यामेरा सेन्सर फिचर गरिने फोनको लागि नयाँ ल्यान्डिङ पेजले पुष्टि गरेको बताइएको छ।

इमरल्ड ग्रीन र म्याजिक ब्लू रङ्गहरुमा उपलब्ध हुने र कलर–चेन्जिङ ब्याक पनि रहने उल्लेख गरिएको छ। अघिल्लो लीकको आधारमा भारतमा भीभो भी २७ प्रो लाई भारु ४२ हजार पर्ने बताइएको छ।

हालै मात्र घोषणा गरिएको मिडियाटेक डाइमेन्सिटी ७२०० चिपसेट सहित भेनिला भी २७ मोडेल लन्च हुने अपेक्षा गरिएको छ भने भी २७ प्रो मोडलमा डाइमेनसीटि ८२०० चिपसेट प्रयोग गरिने बताइएको छ।

प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Best corporate & dedicated internet provider in Nepal: why businesses are choosing Classic Tech in 2026

  • Technology Khabar
  • ७ फाल्गुन २०७९, आईतवार