राजमार्गका कतिपय स्थानमा मोबाइल फोनले काम गर्न नसक्ने अवस्था छ : सञ्चारमन्त्री शर्मा

  • Technology Khabar | २९ माघ २०७९, आईतवार
राजमार्गका कतिपय स्थानमा मोबाइल फोनले काम गर्न नसक्ने अवस्था छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताएकी छन्। उनले राससलगायतका सरकारी सञ्चारमाध्यमलाई प्रदेश राजधानीबाटै सञ्चालनका लागि आफूले पहल गर्ने बताईन्।

पत्रकार महासङ्घ दाङसहित जिल्लामा क्रियाशिल पत्रकारका संगठनद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले सञ्चारसँग सम्बन्धित सबै कानुन संशोधन गरी समय सान्दर्भिक बनाउने समेत स्पष्ट गरिन्।

“चलचित्र बोर्ड ऐन २०२६ मा बनेको रहेछ, प्रेस काउन्सिल ऐन पनि पुरानो छ”, उनले भनिन, “आमसञ्चारको तीव्ररुपमा विकास भइरहेको छ, अब पुराना कानुन संशोधन गरी समयअनुकुल बनाउनुपर्छ।”

मन्त्री शर्माले हुलाक सेवालाई पुर्नसंरचना गर्न आवश्यक रहेको बताईन्। पछिल्लो समय हुलाक सुनसान हुने गरेको भन्दै पुर्नसंरचना आवश्यक रहेको बताईन्। “एउटा हुलाक कार्यालयमा जाँदा चार महिनामा तीन वटा पत्र मात्रै पठाएको पाइयो”, उनले भनिन, “हुलाकबाट व्यक्तिगत पत्र आदानप्रदान अहिले शुन्यको अवस्थामा रहेछ, त्यसबाहेक हुलाकबाट अन्य काम नहुने रहेछ।”

उनले राजमार्गका कतिपय स्थानमा मोबाइल फोनले काम गर्न नसक्ने अवस्था रहेको भन्दै त्यस्ता स्थानमा दुर्घटना भएमा उद्दारमा समस्या आउने गरेको बताईन्। मन्त्री शर्माले निर्वाचन जसले जिते पनि विकासको काममा सबैको सहकार्य जरुरी रहेको धारणा राखिन्।

प्रकाशित: २९ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...