काठमाडौं ।
नयाँ पुनर्निर्माण र डेकोरेशन गरिएको सामसङ इलेक्ट्रोनिक्स प्लाजा, कुमारीपाटी शाखा ग्राहक र प्रविधि उत्साहीहरूलाई स्वागत गर्न तयार भएको छ।
सामसङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लाएन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीमा रहेको आफ्नो शोरुमलाई स्तरोन्नति गरेको छ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, र गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाद्वारा हिम इलेक्ट्रोनिक्स शोरुमको संयुक्त रूपमा उद्घाटन गरिएको थियो।
सामसङ इलेक्ट्रोनिक्स प्लाजा हिम इलेक्ट्रोनिक्स प्रा लि अन्तर्गतको सहायक खुद्रा बिक्रेता हो जहाँ सामसङ होम एप्लायन्सेस देखि सामसङ मोबाइल फोनसम्मका उत्पादनहरू प्रदर्शन गरिएको छ।
नेपालमा सामसङ इलेक्ट्रोनिक्सको आधिकारिक आयातकर्ता र वितरक हिम इलेक्ट्रोनिक्सले उच्च नवीन र गुणस्तरीय सेवाका साथ देशभरका ग्राहकहरूलाई सेवा दिने लक्ष्य राखेको छ।
हिम इलेक्ट्रोनिक्सले बजारमा उत्कृष्ट उत्पादन मात्रै उपलब्ध नगराई, विश्वकै चर्चित उत्पादनहरू पनि उचित मूल्यमा उपलब्ध गराउँछ। ईएमआई सेवाहरू मार्फत पनि ग्राहकहरूले सजिलै खरिद गर्न सक्ने विकल्प पनि प्रदान गरिएको जनाएको छ।
प्रकाशित: २८ माघ २०७९, शनिबार