ताजा समाचार

स्पेस एक्सेलेरेटर कार्यक्रममा सामेल हुन स्टार्टअपहरूलाई एडब्लुएसको आह्वान

स्पेस एक्सेलेरेटर कार्यक्रममा सामेल हुन स्टार्टअपहरूलाई एडब्लुएसको आह्वान
Global IME Bank

अमेजन वेब सर्भिसेज (एडब्लुएस) ले २०२३ एडब्लुएस स्पेस एक्सेलरेटर लन्चको घोषणा गरेको छ र उक्त कार्यक्रमका लागि आवेदनहरू आह्वान गरेको छ। यो एक हाइब्रिड प्राविधिक, व्यापार र मेन्टरशिप अवसर विश्वभरका स्पेस स्टार्टअपहरूका लागि खुला भएको छ।

टेक कनेक्टसँगको सहकार्यमा प्रदान गरिएको, यो कार्यक्रमले अन्तरिक्षमा सञ्चालनको दीर्घकालीन दिगोपनलाई सक्षम पार्ने र अन्तरिक्षमा आधारित डाटा र वैज्ञानिक खोजबाट लाभान्वित हुन मानिसहरूलाई सशक्त बनाउने क्लाउड-आधारित समाधानहरू लागू गर्ने विचारहरूसहितको नयाँ स्टार्टअपहरू खोजिरहेको छ।

यो कार्यक्रमले उदाउँदो स्टार्टअपहरूलाई क्लाउड-संचालित समाधानहरूमा फोकस गर्न मद्दत गर्न अमेजन भरका टोलीहरू र स्रोतहरूलाई आह्वान गर्नेछ जसले आगामी वर्षहरूका लागि दिगो र प्रयोगयोग्य वातावरणको रूपमा अन्तरिक्षको प्रयोगलाई समर्थन गर्दछ, साथै पृथ्विमा जीवनमा सकारात्मक प्रभाव पार्ने समाधानहरू खोज्नेछ।

२०२३ एडब्लुएस स्पेस एक्सेलेरेटरको लागि आवेदन अवधि आगामी मार्च ६ तारिखसम्म तोकिएको छ।

Sajilo Visa
easy care