इलन मस्कले टेस्लाको मास्टर प्लान ३ प्रस्तुत गर्ने

  • Technology Khabar | २७ माघ २०७९, शुक्रबार
इलन मस्कले टेस्लाको मास्टर प्लान ३ प्रस्तुत गर्ने

काठमाडौं ।

टेस्ला इंकका प्रमुख कार्यकारी इलन मस्कले मार्च १ मा कम्पनीले पहिलो लगानीकर्ता दिवस मनाउँदा इलेक्ट्रिक गाडी (इभी) निर्माताको “मास्टर प्लान” को तेस्रो भाग प्रस्तुत गर्ने बताएका छन्।

सन् २००६ र २०१६ मा, अर्बपतिले इलेक्ट्रिक कार निर्माताको लागि आफ्नो दृष्टिकोण राखेका थिए, तर धेरै योजनाहरू हासिल गर्न बाँकी छ।

“मास्टर प्लान ३, पृथ्वीको लागि पूर्ण दिगो ऊर्जा भविष्यको मार्ग मार्च १ मा प्रस्तुत गरिनेछ,” मस्कले बुधबार ट्वीट गरे।

गएको अगस्टमा टेस्लाको वार्षिक सेयरहोल्डर बैठकमा, मस्कले आफ्नो मास्टर प्लानको तेस्रो भागमा कार उत्पादन र ब्याट्री सामग्री र कम्पोनेन्टहरू जस्ता यसलाई समर्थन गर्ने आपूर्ति श्रृंखला दुवैलाई “आधारभूत रूपमा मापन गर्ने” बारे बताएका थिए।

टेक्सासको गीगाफ्याक्ट्रीमा हुने आगामी लगानीकर्ता दिवसमा, टेस्लाले आफ्नो अर्को पुस्ताको सवारी साधन प्लेटफर्महरूको विवरण साझा गर्ने बताएको छ, जसमा मस्कले टेस्लाको हालको गाडीको मूल्यको आधा लागतमा गाडी उत्पादन गर्ने बताएको छ। यसका साथै टेस्लाले दीर्घकालीन विस्तार योजनाहरू, पूँजी विनियोजन र अन्य विषयहरूमा छलफल गर्ने जानकारी दिएको छ।

प्रकाशित: २७ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Tech leaders to UN: For the sake of humanity, please control the AI technology we created

  • Technology Khabar
  • २७ माघ २०७९, शुक्रबार