के हुन्छ १००% चार्ज भइसकेपछि पनि चार्जरमा जोडिएको स्मार्टफोनलाई त्यसै छोड्दा ?

  • Technology Khabar | १९ माघ २०७९, बिहीबार
के हुन्छ १००% चार्ज भइसकेपछि पनि चार्जरमा जोडिएको स्मार्टफोनलाई त्यसै छोड्दा ?
सांकेतिक

काठमाडौं ।

केहि मानिसहरुले दिनमा फोन चार्ज गर्छन् भने धेरैले फोनलाई रातभर चार्जमा राख्छन् । मानिसहरु फोन चार्जमा राखेर सुत्न पनि जान्छन्,जसलाई बिहान उठ्दा फोन राम्रोसँग चार्ज भएको हुन्छ भन्ने लाग्छ।

तपाईले पनि यस्तो गरेको हुनुपर्दछ, तर यो बानीले धेरै प्रश्नहरू ल्याउँछ, जस्तै कि यसले ब्याट्री छिटो सकिने वा ड्रेन गर्छ ? वा मोबाइल विस्फोटको खतरा रहन्छ ? शतप्रतिशत चार्ज गरेपछि फोनलाई के हुन्छ ?

आज हामी तपाईको दिमागमा आउने यस्तै धेरै प्रश्नहरुको जवाफ दिने प्रयास गर्नेछौँ ।

राति फोन चार्जमा राख्दा

धेरै व्यक्तिहरूको लागि, रातमा फोन चार्ज गर्नु एक सुविधाजनक विकल्प हो। जसका कारण राति फोन फुल चार्ज हुन्छ र त्यसपछि दिनभर चल्ने गर्छ। यद्यपि, यदि तपाईं ६ देखि ८ घण्टा सुत्नुहुन्छ भने, फोन चार्ज गर्न त्यति समय लाग्दैन। यस्तो अवस्थामा फोनलाई ६ देखि ८ घण्टा चार्ज गर्नु कत्तिको सही हो ? जब फोन केहि मिनेटमा नै शतप्रतिशत चार्ज हुन्छ, त्यस पछि पनि फोन चार्जमा कनेक्ट भयो भने के हुन्छ?

शतप्रतिशत (१००%) चार्ज हुँदा के हुन्छ?

फोनलाई त्यसरी नै स्मार्टफोन भनिँदैन। तिनीहरू आजभोली साँच्चै स्मार्ट भएका छन्। शतप्रतिशत चार्ज हुने बित्तिकै, तपाईंको स्मार्टफोन चार्ज हुन बन्द हुन्छ। तर, पुराना मोबाइलको हकमा यस्तो थिएन।

अहिले आउने नविनतम प्रविधियुक्त स्मार्टफोनमा यस्तो चार्जिङ सर्किट हुन्छ जसले ब्याट्री शतप्रतिशत चार्ज भएपछि स्वतः चार्जिङ्ग आपूर्ति लिन रोक्छ। स्मार्टफोनमा पाइने स्न्यापड्रागन प्रोसेसर यति स्मार्ट छ कि मोबाइलको ब्याट्री भरिँदा चार्ज हुन छोड्छ। यसपछि ब्याट्री ९० प्रतिशत पुगेपछि फेरि चार्ज हुन थाल्छ।

तर कतिपय फोनहरु फास्ट चार्जका कारण धेरै तात्ने गर्दछन् र यदि तपाईँको चार्ज प्लगमा विद्युत निरन्तर जाने आउने भईरहेको छ भने त्यसलाई अफ गर्नु नै उपयुक्त हुन्छ। यस्तो समयमा राती हाई भोल्टेज आएको अवस्थामा फोन पड्किने र आगो लाग्ने संभावना रहन्छ।

यस बाहेक फोन राती चार्ज गर्दा कहिलेपनि ओछ्यानमा वा साथमा नराख्नुहोस् र फोनमा अन्य काम नगर्नुहोस्।

प्रकाशित: १९ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...