ग्यालेक्सी ट्याब एस६ लाइट (२०२०) र वाई-फाई मोडलमा एन्ड्रोइड १३ वान यूआई ५.० अपडेट

  • Technology Khabar | ९ माघ २०७९, सोमबार
ग्यालेक्सी ट्याब एस६ लाइट (२०२०) र वाई-फाई मोडलमा एन्ड्रोइड १३ वान यूआई ५.० अपडेट

काठमाडौं ।

गत वर्ष २०२२ डिसेम्बरमा सामसङल ग्यालेक्सी ट्याब एस६ लाइटको २०२२ संस्करणमा एन्ड्रोइड १३ वान यूआई ५.० अपडेट गरेको थियो। कम्पनीले महिना दिन पछि भने अब आएर ग्यालेक्सी ट्याब एस६ लाइटको २०२० मोडल (एसएम पी६१५) र वाई-फाई मोडल (एसएम पी६१०) पनि एन्ड्रोइड १३ वान यूआई ५.० अपडेट शुरु गरेको छ।

फर्मवेयर भर्सन पी६१५एक्सएक्सयू४एफडब्लुए५ (P615XXU4FWA5) रहेको उक्त अपडेट एलटीई मोडल (एसएम–पी६१५) मा रोलिङ आउट गरिएको छ। उक्त फर्मवेयर अपडेटले ट्याबलेटको लागि नयाँ टास्कबार उपलब्ध गराउने र मल्टी-टास्कीङ पनि सुधार गर्ने उल्लेख गरिएको छ। साथै अपडेटले ग्यालेक्सी ट्याब एस६ लाइटमा रिफ्रेस्ड लक स्क्रिन कष्टमाइजेसन मेनु र पर्फमेन्स अप्टिमाइजेसन पनि ल्याउने उल्लेख गरिएको छ।

त्यसैगरी वाई–फाई मोडलमा पनि अपडेटले राम्रो एनिमेसन सहितको नयाँ रि–डिजाइन गरिएको भर्खरको एप्स स्क्रिन र सेटिङ एप भित्रको नयाँ कनेक्टेड डिभाइस मेनुको अतिरिक्त स्थिरता र कार्यसम्पादनमा सुधारहरू समावेश गरिएको उल्लेख गरिएको छ।

यद्यपि उक्त फर्मवेयर अपडेटको सुरक्षा प्याचहरूमा नोभेम्बर २०२२ को मिति भएको उल्लेख गरिएको छ भने केही सामसङ डिभाइसहरुले जनवरी २०२३ को सुरक्षा प्याच प्राप्त गर्न थालीसकेको उल्लेख गरिएको छ।

हाल फ्रान्समा मात्र ट्याबलेटहरूको अपडेटेड भइरहेको र छिट्टै नै अन्य देशहरूमा पनि रोल आउट विस्तार हुने अपेक्ष गरिएको छ। त्यसैगरी वाई-फाई मोडेल (एसएम-पी६१०)मा पनि चाँडै  वान यूआई ५.० अपडेट गरिने  जीएसएमएरिनामा उल्लेख गरिएको छ।

त्यसैगरी फ्रन्समा सामसङ ग्यालेक्सी ट्याब एस६ लाइटमा म्यानुअल्ली ट्याबलेटको सेटिङ नेभिगेटिङ गरी सफ्टवेयर अपडेट मेनु मार्फत उक्त फर्मवेयर अपडेट गर्न सकिने उल्लेख गरिएको छ।

प्रकाशित: ९ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...