इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा संचालन

  • Technology Khabar | ५ माघ २०७९, बिहीबार
इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा संचालन

काठमाडौं ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ।

हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको इसेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण र सरलकृत गर्दै अगाडी बढ्ने उदेश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो।

प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरीयामा जनकपुर उप महानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। अबदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टहरूले इसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशीक कार्यालय मार्फत सहज ढंगले प्रयोग गर्न पाउनेछन्।

प्रकाशित: ५ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • Technology Khabar
  • ५ माघ २०७९, बिहीबार