टेस्लासँग प्रतिस्पर्धा गर्न ह्वावेले एआईटीओको मूल्य घटायो

Technology Khabar ३० पुष २०७९, शनिबार

काठमाडौं ।

टेक जायन्ट ह्वावेको सब ब्राण्ड एआईटीओले आफ्ना इलेक्ट्रिक भेहिकलहरुमा (३०,००० युआन)४४,४७० अमेरिकी डलरसम्मको मूल्य घटाउने घोषणा गरेको छ। संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी साधनको उत्पादक टेस्लासँग प्रतिस्पर्धा गर्नको निम्ति एआईटीओले उक्त मूल्य घटाउने बारे घोषणा गरेको हो।

नयाँ वर्षको थ्याक्ङस् गिभिङको रूपमा २०२३ को जनवरीको १३ तारिखदेखि ग्राहकहरूले नयाँ मूल्य र सेवाहरूको लाभ लिन सक्ने बताइएको छ।

मूल्य घटाएपछि भने अब एआईटीओ एम५ ईभी रियर–ह्विल ड्राइभ बेसिक भर्सनको मूल्य (२५९,८०० युआन) ३८६३५.४२ अमेरिकी डलर पर्ने भनी उल्लेख गरिएको छ। त्यसैगरी एम५ ईभी फोर–ह्विल ड्राइभ पर्फमेन्स भर्सनलाई (२८९,८०० युआन)४३०९६.७८ अमेरिकी डलर पर्ने बताइएको छ।

उक्त दुई भर्सनहरुमा क्रमशः ४,१७२ अमेरिकी डलर (२८,८०० युआन) र ४,४७० अमेरिकी डलर (३०,००० युआन) घटाइएको छ। उक्त मूल्य कटौती पश्चात एम५ ईभीहरुको मूल्य टेस्लाको मोडल वाई रियर–ड्राइभ सरह समान हुन आएको बताइएको छ। त्यस्का साथै लक्जरी एम७ भर्सनको मूल्य अब लेन्दी ब्याट्री लाईफ भएको मोडल वाईसँग तुलना गर्न सकिने छ।

टेस्लाको विपरित एआईटीओले ग्राहकहरु प्रतिको आफ्नो मनसायको बारेमा खुलासा गरेको बताइएको छ। एम५को एक्सटेन्डेड रेन्ज भेरियन्टका ग्राहकहरुले दुई वर्ष सम्म बेसिक मेन्टेनेन्स प्राप्त गर्नूका साथै एम५ ईभी र एम७ का ग्राहकहरुले थप सहुलियत पाउने छन्। त्यसैगरी एआईटीओको सबै वर्तमान मोडलहरुमा सुपर होम स्क्रिन, स्मार्ट कार सर्च र अटोमेटेड एचयूडी हाईट एडजस्मेन्ट जस्ता अपडेटहरु छिट्टै समावेश गरिने थप उल्लेख छ।

एआईटीओले गत वर्ष ७५,००० भन्दा बढी सवारी साधनहरु डेलिभरी गर्दै आफूलार्ई ईभीको क्षेत्रमा छिटो प्रगति हासिल गर्ने ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको छ।

प्रकाशित: ३० पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया