
काठमाडौं ।
स्मार्ट कन्ट्याक्ट लेन्समा काम गर्ने मोजो भिजनले आफ्नो परियोजना बन्द गर्ने भएको छ। मोजो लेन्सको कामको क्रममा निर्मित माइक्रोएलईडी डिस्प्ले टेकमा ‘आफ्नो व्यवसायलाई रुपान्तरण गर्ने र यसमा स्रोतहरू केन्द्रित गर्न’ गइरहेको शुक्रबार मोजो भिजनले घोषणा गर्यो।
कम्पनीका सीईओ ड्र्यू पर्किन्सको समाचार पोस्टका अनुसार कम्पनीको पुनर्संरचना गर्दा करिब ७५ प्रतिशत कामदारहरूलाई हटाइने बताइएको छ। पिचबुक र लिंक्डइनका अनुसार कम्पनीमा करिब १५० कामदर कार्यरत छन्।
मोजोले आफ्नो स्मार्ट कन्ट्याक्ट लेन्समा काम गनका लागि आवश्यक लगानी जुटाउन नसकेकाले काम परिवर्तन गर्न लागिएको पोष्टमा बताइएको छ। ‘सुस्त विश्व अर्थतन्त्र, अत्यन्तै कसिलो पूँजी बजार, र उन्नत एआर उत्पादनहरूले बजारमा योगदान पुर्याइरहेको अवस्थामा मोजो भिजनले थप प्राइभेट फन्डिङ खोज्न असमर्थ भएको छ,’ पर्किन्सले लेखेको दभर्जले उल्लेख गरेको छ।
कम्पनीले सन् २०२० को सीईएसमा प्रस्तुत गरेको मोजो लेन्स स्पष्ट रुपमा बजारमा आउन अझै समय लाग्ने देखिएको थियो।
डेमो यूनिटमा १४,०० पिक्सल प्रति इन्च स्क्रीनले आफ्नो काम गरेको जस्तो देखिन्थ्यो। तर यसमा बाहिरबाट ब्याट्री र प्रोसेसर जडान गर्नु पर्ने हुन्छ। यसले गर्दा यो आँखामा तत्काल प्रयोग गर्न उपयुक्त देखिएको थिएन। सन् २०२२ जुनमा मोजोले अन बोर्ड पवार र कम्युनिकेसनको साथ पर्किन्सले लगाएको पूर्ण फिचर प्रोटोटाइपको भिडियो पोष्ट गरेको थियो। मार्चको ब्लग पोस्टमा कम्पनीले भनेको थियो कि अर्को चरणमा व्यापक प्रयोगकर्ता परीक्षण र विश्लेषण, सफ्टवेयर एप्लिकेसन प्रोटोटाइपिङ र समग्र सिस्टम र उत्पादन अप्टिमाइजेन थियो। उपभोक्ताहरुले यस्तो लेन्सहरु किन्न सक्नु अघि अझै धेरै समय लाग्नेछ।
मोजोले आफ्ना स्मार्ट कन्ट्याक्टहरु बिक्री शुरु गरेपछि यो सफल हुनेमा आशंका व्यक्त गरिएको थियो।
प्रकाशित: २५ पुष २०७९, सोमबार