इन्टरनेट सेवा प्रदायकको विद्युत लाइन काटिएकोमा क्यान महासंघको गम्भीर ध्यानाकर्षण

  • Technology Khabar | २२ पुष २०७९, शुक्रबार
इन्टरनेट सेवा प्रदायकको विद्युत लाइन काटिएकोमा क्यान महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं ।

पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकको विद्युत लाइन काटिएको सन्दर्भमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इन्टरनेट अत्यावश्यक सेवा र मानव अधिकारको रुपमा स्थापित भइसकेको सन्दर्भमा जुनसुकै बहानामा सेवा बन्द हुनु वा बन्द गराउनु गम्भीर विषय भएको भन्दै यसबाट सामान्य नागरिकदेखि सार्वजनिक संघसंस्था, उद्योग व्यवसाय तथा सरकार समेतलाई प्रत्यक्ष असर पुग्ने भएकाले सम्बन्धित निकायहरूले यो जटिल परिस्थितिलाई समयमै नियन्त्रण र व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्ने जिकिर गरेको छ।

नेपाल विद्युत प्राधिकरणको पोलभाडा सम्बन्धमा देखिएको विवाद समाधानका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) लगायतका सरोकारवालाबीच तत्काल साझा समझदारी बनाउन क्यान महासंघले अनुरोध गरेको छ ।

उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्य र मातहतका निकायबीच तत्काल समन्वय गरी आवश्यक निर्णयरनिर्देशन दिई भविष्यमा पुनः यस्ता जटिलता नआउने गरी इन्टरनेट सेवा प्रवाहलाई सहज बनाउन यथाशीघ्र स्पष्ट नीति र निर्देशन तर्जुमा गर्न पनि विज्ञप्तिमार्फत क्यान महासंघले भनेको छ।

प्रकाशित: २२ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • २२ पुष २०७९, शुक्रबार