
काठमाडौं ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)को फाइनल आज (शुक्रबार) देखि शुरु हुनेछ। पीएमजीसी २०२२ ग्रान्ड फाइनल जनवरी ६ देखि ८ गतेसम्म आयोजना हुनेछ।
नेपालका दुई टिमसहित विश्वका उत्कृष्ट १६ पब्जी टिमहरुले विश्व च्याम्पियनको उपाधी तथा ४ लाख अमेरिकी डलर कुल पुरस्कार राशीका लागि इन्डोनेसियाको राजधानी जकार्तामा उत्रनेछन्।
प्रतियोगितामा नेपालको टिम डीआरएस गेमिङ र ट्रेन २ किल (टी२के)ले प्रतिस्पर्धा गर्नेछन्।
तीन दिनसम्म चल्ने प्रतियोगितमा कुल १८ खेल हुनेछ।
पब्जी मोबाइलको लागि सबैभन्दा ठूलो बजार भएकाले जाकार्तालाई ग्रान्ड फाइनलका लागि छनोट गरिएको थियो। यस क्षेत्रमा पब्जी मोबाइलको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना हुनेछ।
प्रतियोगिता जकार्ता इन्टरनेशनल एक्सपोमा खेलिनेछ। पब्जी विकासकर्ता टेनसेन्टका अनुसार ४ हजार प्रशंसकहरू तीन दिनको कार्यक्रम लाइभमा उपस्थित हुन सक्नेछन्।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार