
काठमाडौं ।
प्रभु बैंकको आज (शुक्रबार) रातीदेखि अनलाइनदेखि भौतिकलगायत सबै सेवा ठप्प हुने भएको छ। प्रभु बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्स्टेन्सन काउन्टहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु एटीएम, इन्टरनेट र मोबाइल बैंकिङ सेवा नचल्ने भएको हो।
बैंकको उक्त सेवा शुक्रबार राती १० बजेदेखि मंगलबार बिहान ९ः४५ बजेसम्म बन्द रहनेछ।
प्रभु बैंकले अर्को वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको र यसका लागि आवश्यक कोर बैंकिङ सिस्टममा आवश्यक डाटा माइग्रेसन गर्नु पर्ने भएकाले बैंकिङ सेवाहरु अवरुद्ध हुने बैंकले जानकारी दिएको छ।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार