कमलामाई नगरपालिकाले प्रविधि आधारित शिक्षणलाई जोड दिन १८ हजार डलरमा बनायो युट्युब स्टुडियो

  • Technology Khabar | २२ पुष २०७९, शुक्रबार
कमलामाई नगरपालिकाले प्रविधि आधारित शिक्षणलाई जोड दिन १८ हजार डलरमा बनायो युट्युब स्टुडियो

काठमाडौं ।

कमलामाई नगरपालिकाले प्रविधिको प्रयोग गरि विद्यालयहरुको शिक्षण सिकाई कार्यक्रम जोड दिन नयाँ स्टुडियो स्थापना गरेको छ।

नगर कार्यपालिकाको कार्यालयमा लिडिङ्ग युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन परियोजनाको सहयोगमा प्रविधिको प्रयोग गरि विद्यालयहरुको शिक्षण सिकाई कार्यक्रम जोड दिनका लागि युट्युब स्टुडियोको स्थापना गरिएको छ।

उक्त युट्युव स्टुडियोको लागि ब्रान्डेड भिडियो रेकर्डर, आई सेभेन ल्यापटप, लाइट्निङ सिस्टम, ट्राइपोड स्ट्याण्ड, एक्स्ट्रनल एसएसडि आवश्यक कीट, भिडियो इडिटिङ सफ्टवेयर, भिडियो रेकर्डिङ सफ्टवेयर लगायत १८ हजार अमेरिकी डलर बराबरको उपकरणहरु जडान गरिएको छ।

यस स्टुडियोको स्थापनासँगै शिक्षकवर्गहरुले आफ्नो विषयगत पाठ्यक्रमको शैक्षिक सामाग्रीको भिडियो निर्माण गरि युट्युव मार्फत प्रकाशन गर्दा विद्यार्थीहरुको भर्चुअल शिक्षण सिकाईमा समेत थप टेवा मिल्ने नगरपालिकाले बताएको छ।

लुपिक प्रोजेक्टद्वारा स्थापना गरिएको उक्त स्टुडियो आजै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल लगायतको उपस्थितिमा नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

उक्त युट्युव स्टुडियो संचालनका लागि कमलामाई नगरपालिकाका सूचना प्रविधि अधिकृत निर्मल लामा र शिक्षक मनोज देवकोटालाई आवश्यक प्रविधि सहयोग गरिएको छ।

प्रकाशित: २२ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...