भ्यालेन्सेलको ब्लड प्रेसर मापन गर्ने फिङ्गर मोनिटर सार्वजनिक

  • Technology Khabar | २० पुष २०७९, बुधबार
भ्यालेन्सेलको ब्लड प्रेसर मापन गर्ने फिङ्गर मोनिटर सार्वजनिक

काठमाडौं ।

फिटनेस टेककोरुपमा भ्यालेन्सेलले अप्टिकल हार्ट रेट सेन्सरको निर्माण गरेको थियो। त्यसैगरी कम्पनीले यस पटक नयाँ फिटनेस टेकको रुपमा कफलेस ब्लड प्रेसर मोनिटरिङ वा भनौ फिङ्गरटिप ब्लड प्रेसर मोनिटर २०२३ को कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा प्रदर्शनीको लागि राख्ने भएको छ।

हार्ट रेट सेन्सर जस्तै उक्त उपकरणलाई पनि औंलाको टुप्पोमा राखेर सहज तरिकाले रक्तचापको मापन गर्न सकिने बताइएको छ। यद्यपि उक्त उपकरणको नामाकरण भइनसकेको र एफडीए क्लियरेन्स पनि पेन्डिङमै रहेको बताइएको छ।

फोटोप्लेथिस्मोग्राफी (पीपीजी) सेन्सर्सले परावर्तित प्रकाश पत्ता लगाएर ब्लड फ्लो प्याटर्न मापन गरी एक मिनेट भन्दा कम समयमा नै उक्त उपकरणले रक्तचाप मापन गर्नेछ।

७ हजार भन्दा बढि बिरामीहरुको पीपीजी डाटासेटहरुबाट विकसित जानकारीलाई एल्गोरिदमले उमेर, तौल, लिङ्ग र उचाई जस्ता शारीरिक गुणहरु हिसाब गरी रक्तचाप मापन गर्ने बताइएको छ। डायस्टोलिक र सिस्टोलिक परिणामहरु उपकरणको बिल्ट–इन स्त्रिनमा देखिने र त्यसलाई ब्लुटुथ मार्फत एपमा प्रसारित गर्न मिल्ने उल्लेख छ।

त्यसैगरी मोबाइल एपको माध्यबाट प्रयोगकर्ताले रक्तचाप लिनको लागि रिमाइण्डरहरु सेट गर्न मिल्ने र पुराना रिडिङहरु ट्य्राक र स्टोर गर्न सक्नेछन्। उक्त उपकरणको मूल्य ९९ अमेरिकी डलर पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २० पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...