टाटा मोटर्सले बेच्यो ५० हजार इलेक्ट्रिक कार

  • Technology Khabar | १५ पुष २०७९, शुक्रबार
टाटा मोटर्सले बेच्यो ५० हजार इलेक्ट्रिक कार

काठमाडौं ।

टाटा मोटर्सले भारतमा इलेक्ट्रिक कार बिक्रीमा नयाँ किर्तिमान स्थापना गरेको छ। कमपनीले भारतमा हालसम्म ५० हजार यूनिट इलेक्ट्रिक कार बिक्री गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनीद्वारा ग्राहकलाई डेलिभरी गरिएको ५० हजारौं इलेक्ट्रिक कार टाटा नेक्सन ईभी रहेको छ।

टाटा ममोटर ग्रुपका अध्यक्ष एन चन्द्रशेखरले यसको जानकारी सोशल मिडियामा पोष्ट गर्दै दिएका हुन्। उनले पोष्टमा लेखेका छन् टाटा नेक्सन ईभीको ५० हजारौं यूनिट ग्राहकलाई डेलिभरी गर्न पाउँदा गौरवान्वित महसूस भएको छ। कम्पनीले नेक्सन ईभी २०२२ डिसेम्बर मा सार्वजनिक गरेको थियो। त्यसपछि यो भारतमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक एसयूभी बन्न पुगेको छ।

कम्पनीसँग प्यासेन्जर इलेक्ट्रिक कारमा नेक्सन ईभी, टिगोर ईभ र भर्खर सार्वजनिक गरिएको टियागो ईभी छ। कम्पनीले कमर्शियल सेगमेन्टमा एक्सप्रेस-टी ईभी बिक्री गर्दै आइरहेको छ।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...