राहदानी सेवा प्रवाह सहज बनाउन निर्देशन

  • Technology Khabar | १४ पुष २०७९, बिहीबार
राहदानी सेवा प्रवाह सहज बनाउन निर्देशन

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको सेवा प्रवाह सहज बनाउन निर्देशन दिएका छन्। अनुगमनका लागि उनी बुधबार दिउँसो गृह मन्त्रालयका उच्च अधिकारीसहित त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका थिए।

सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउन राहदानी विभागका उच्च अधिकारीलाई उपप्रधानमन्त्री लामिछानेले निर्देशन दिएको जानकारी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दिए। राहदानी विभागले गत साउन १७ गतेदेखि अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको थियो।

अनलाइन सेवा सुरु भए पनि कोटा प्रणाली लागू भएका कारण राहदानी लिने सेवाग्राहीले फाराम भर्ने नाममा अनेक झन्झट र अनावश्यक पैसा तिर्नु परेको गुनासो आउने गरेको छ। अनलाइन फाराम भरे पनि राहदानी लिने पालो महिनौँपछि मात्र आउने तर बिचौलियामार्फत एकै दिनमा राहदानी पाउने गरेका गुनासो सेवाग्राहीले गर्दै आएका छन्। यस्तै चलखेलका कारण विभागमा राहदानी लिनेको भीड रातिदेखि नै सुरु हुने गरेको छ। पछिल्लो समय सर्वसाधारणले सेवा लिन घण्टौँ लाइन लाग्नुपर्ने अवस्था छ।

मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । गृहमन्त्री लामिछानेले गृह प्रशासन सुधारका लागि आवश्यक कदम चाल्ने बताउँदै आएका छन्। गोरखापत्रबाट

प्रकाशित: १४ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • १४ पुष २०७९, बिहीबार