
काठमाडौं ।
टेस्लाले सांघाई स्थित आफ्नो प्लान्टमा आगामी जनवरी देखि उत्पादन कटौती तालिका कार्यान्वयन गर्ने बताएको छ। टेस्लाले उक्त योजना यो महिनाबाट सारेर अर्को वर्षमा सारेको रोयटर्सले उल्लेख गरेको छ।
टेस्लाले आगामी वर्षको जनवरी ३ देखि १९ तारिकसम्म गरेर कुल १७ दिन मात्र उत्पादन गर्ने छ। त्यसैगरी इलेक्ट्रिक भेहिकलको आउटपुट जनवरी २० देखि ३१ सम्मलाई चिनियाँ नयाँ वर्षको ब्रेकको कारण रोकिनेछ भनी रोयटर्सले उल्लेख गरेको छ।
टेस्लाले आफ्नो आउटपुट प्लानमा उत्पादन स्लोडाउन बारे कारणहरु नखुलाएको उल्लेख गरिएको छ। सांघाई प्लान्टको उक्त निर्धारित डाउन–टाइमको दौरानमा मोडल ३ र मोडल वाईको एसेम्ब्ली लाइनहरुको कार्यहरुलाई बाहिरको अन्य प्लान्टमा जारी राखिने वा नराखिने भन्ने स्पष्टता नभएको उल्लेख गरिएको छ। विगतमा चिनियाँ नयाँ वर्षको ब्रेकको क्रममा टेस्लाले उत्पादन बन्द गर्ने अभ्यास नभएको बताइएको छ।
टेस्लाले उक्त विषयमा कुनै पनि प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।
गत मंगलबार टेस्लाको सेयरमा करिब ८ प्रतिशतले गिरावट आएको र पछिल्लो दुई वर्षमा उक्त गिरवाट हाल सम्मकै न्यून रहेको बताइएको छ। प्रमुख कार्यकारी इलन मस्कको हालैको टेस्लाको शेयर बिक्रीका साथै ट्विटरमा बढ्डो संलग्नता र मागको बारेमा लगानीकर्ताहरुद्वारा व्यक्त गरिएको चिन्ता जस्ता कारणहरुले गर्दा अक्टोबरको शूरुवातसँगै कम्पनीले आधि भन्दा धेरै सेयर भ्यालू गुमाएको बताइएको छ।
गत शनिबार देखि टेस्लाले सांघाई प्लान्टको उत्पादन स्थिगित गरेको बताइएको छ। त्यसैगरी डिसेम्बरको अन्तिम हप्तामा कम्पनीले स्थिापित योजना अघि सारी प्लान्टको प्राय कार्यहरु रोकेको रोयटर्सले रिपोर्टमा बताएकोछ।
यस महिनाको शुरुवातसँगै चीनले जिरो–कोभिड नीतिबाट पछि हटेपछि संक्रमणको बढ्दो लहर बिच टेस्लाले सांघाई स्थित प्लान्टमा उत्पादन कटौती गरेको जानकारी बहिरीएको उल्लेख गरिएको छ। व्यवसायीहरुद्वारा टेस्ला कम्पनीको उक्त कदम स्वागत योग्य भएको बताईता पनि यद्यपि यसले टेस्ला बाहिर निमार्ण कार्यहरु अवरुद्ध गरेको बताइएको छ।
विश्वको सबै भन्दा ठूलो अटो मार्केट चीनमा अन्य अटोमेकर्स सरह टेस्लाको मागमा पनि कमी आएको बताइएको छ। यस महिनाको शुरुवातमा टेस्लाले डिसेम्बरमा खरिद गर्ने ग्राहकहरुका लागि अतिरित्त छुट समेत प्रदान गरेको बताइएको छ। त्यसैगरी चिनमा टेस्लाले मोडल ३ र मोडल वाई गाडीमा ९ प्रतिशत सम्म मूल्य घटाएको र बीमा शुल्कमा अनुदान पनि दिइएको बताइएको छ।
ब्रोकरेज चाइना मर्चेन्ट्स बैंक इण्टरनेशनल (सीएमबीआई) को मंगलबारको रिपोर्टले गत वर्षको तुलनामा चीनमा टेस्लाको डिसेम्बर १ देखि २५ सम्मको औसत दैनिक खुद्रा बिक्री २८ प्रतिशतले घटेको बताएको छ। टेस्लाले चिनमा डिसेम्बर १ देखि २५ सम्ममा ३६,५३३ खुद्रा बिक्री गरेको थप उल्लेख गरिएको छ।
मस्कको इलेक्ट्रिक भेहिकल कम्पनीको सबैभन्दा महक्तपूर्ण उत्पादन केन्द्रको रुपमा मानिएको टेस्लाको सांघाई फ्याक्ट्रीले गत वर्षको डिसेम्बर महिनाको अन्तिम हप्तामा पनि सामान्य रुपमा कार्यहरु सञ्चालन गरीएको र तीन दिनको मात्र चिनियाँ नयाँ वर्षको ब्रेकका लिएको उल्लेख गरिएको छ।
२०२३ को जनवरी २१ देखि २७ सम्म चिनियाँ नयाँ वर्षको अवसरमा चिनमा सार्वजनिक बिदाको घोषणा गरिएको बताइएको छ।
टेस्लाको सांघाई प्लान्टमा हाल २० हजार कामदारहरु रहेको र २०२२ को पहिलो तीन त्रैमासिकमा कम्पनीको आधि भन्दा धेरै उत्पादनमा उनीहरुको ठूलो योगदान रहेको उल्लेख गरिएको छ।
टेस्लाले २०२२ मा आफ्नो आउटपुट र इलेक्ट्रिक भेहिकल डेलिभरीजमा ५० प्रतिशत वृद्धीको लक्ष्य राखेको बताइएको छ। यद्यपी टेस्लाको उक्त लक्ष्य अन्तिम चरणमा पुग्दै गरेको चौँथो क्वाटरको पूर्वानुमानहरुको आधारमा ४५ प्रतिशत मात्र पुग्ने विश्लेषकहरुले बताएको उल्लेख गरिएको छ।
प्रकाशित: १४ पुष २०७९, बिहीबार