जगुआरको इलेक्ट्रिक आई पेस एसयूभी सार्वजनिक, सिंगल चार्जमा ४७५ किलोमिटर रेञ्ज

  • Technology Khabar | १४ पुष २०७९, बिहीबार
जगुआरको इलेक्ट्रिक आई पेस एसयूभी सार्वजनिक, सिंगल चार्जमा ४७५ किलोमिटर रेञ्ज

काठमाडौं ।

जगुआरले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी आई पेस सार्वजनिक गरेको छ। जगुआरको इलेक्ट्रिक एसयूभीको बारेमा थप विवरण आगामी जेनेभा मोटर शोमा देख्न सकिने अटोट्रेडरले उल्लेख गरेको छ।

नयाँ आई पेस एसयूभीमा जडान गरिएको दुई इलेक्ट्रिक मोटरले ४०० हर्स पवार उत्पादन गर्छ। ४.५ सेकेन्डमा ९० किलोमिटर प्रति घण्टाको गति लिन सक्षम छ। आईपेसले सिंगल चार्जमा ४७५ किलोमिटर रेञ्ज प्रदान गर्ने जगुआरको दाबी छ।

कारको लिथियम आयन ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टी दिइएको छ। सार्वजनिक ५० किलोवाटको चार्जरबाट ८५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ र ३० मिनेटको चार्जमा १३० किलोमिटर चलाउन सकिन्छ।

आई पेस तीन भेरियन्ट एस, एसई र एसएसईमा उपलब्ध छ। यसको शुरुवाती ममूल्य ६३ हजार ४९५ पाउण्ड स्ट्रलिङ तोकिएको छ।

जगुआर ईभी जगुआर सी–एक्स७५ सुपरकारको डिजाइनबाट प्रभावित छ। इन्जिन कम्पोनेन्टको अभावका कारण यो एसयूभीको साइजको हिसाबले धेरै ठूलो हो।

कारको बुट साइट ६५६ लिटर छ। रियर सिट फोल्ड गरेर बुट साइट १४५२ लिटरसम्म बढाउन सकिन्छ।

प्रकाशित: १४ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...