आहा रारा पोखरा गोल्ड कपको टिकट माइपेबाट किन्न सकिने, डिजिटल टिकटमा १० प्रतिशत क्यासब्याक

  • Technology Khabar | १३ पुष २०७९, बुधबार
आहा रारा पोखरा गोल्ड कपको टिकट माइपेबाट किन्न सकिने, डिजिटल टिकटमा १० प्रतिशत क्यासब्याक

काठमाडौं ।

मोफसलकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन किन्न सकिने भएको छ। डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाइने माइपेले जनाएको छ।

२२ औं संस्करणको यस प्रतियोगिता पौष १४ गतेदेखि २४ गतेसम्म संचालन हुँदैछ। पोखरा रंगशालामा आयोजना हुन लागिरहेको यस प्रतियोगितामा १० टिम सहभागी हुँदै छन् ।

पर्यटकिय नगरि पोखारालाई डिजिटल नगरी बनाउने उद्देश्य अनुरुप चर्चित फुटबल प्रतियोगिताको टिकटलाई डिजिटल बनाएर कार्य शुभारम्भ गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए।

प्ले स्टोर वा एप स्टोरबाट सजिलै माइपे एप डाउनलोड गरी, एप भित्रैबाट टिकट काट्न सकिने माईपेले जानकारी दिएको छ।

माइपेका अनुसार डिजिटल माध्यमबाट टिकट काट्ने मध्ये हरेक दिन २ जनालाई १०० प्रतिशत क्यासब्याक र सेमिफाइनलको टिकट काट्ने २ जनालाई फाइनलको टिकट निःशुल्क वितरण गरिने जनाएको छ।

खेल प्रकार                      टिकट दर (सामान्य)      टिकट दर (भिआईपि)
नकआउट खेलहरु          रु १००                          रु २००
सेमिफाइनल                   रु २००                          रु ४००
फाइनल                          रु ३००                           रु ५००

प्रकाशित: १३ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...