पाकिस्तानमा एटिसलातको २६३ मिलियन डलरमा निजीकरण विवाद समाधान गर्ने प्रस्ताव अस्वीकार

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
पाकिस्तानमा एटिसलातको २६३ मिलियन डलरमा निजीकरण विवाद समाधान गर्ने प्रस्ताव अस्वीकार

काठमाडौं ।

पाकिस्तानले २६३ मिलियन अमेरिकी डलर तिरेर १७ वर्ष पुरानो निजीकरण विवाद समाधान गर्न टेलिकम कम्पनी एटिसलातको प्रस्तावलाई अस्वीकार गरेको छ।

उक्त रकम बाँकी बक्यौताको एक तिहाइ मात्र भएको एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरेको छ।

यसले युएईमा रहेको कम्पनीलाई रकम दोब्बर गर्न भनेको छ। एटिसलाटको प्रस्ताव रकम ६ वर्ष पहिले तिर्न इच्छुक मूल्य भन्दा पनि कम थियो।

१७ वर्ष पुरानो निजीकरण विवादको समाधान खोज्न एटिसलातको प्रतिनिधिमण्डलले दुई महिनामा दोस्रो पटक पाकिस्तानी अर्थमन्त्री इशाक दारलाई भेटेको छ।

कम्पनीले पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेडको निजीकरण रकममा८०० मिलियन डलरको ऋणी छ। तर, कुनै पनि पाकिस्तानी सरकारले खरिदकर्तालाई अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा लगेको छैन।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार