सुबारुले प्लग-इन हाइब्रिड गाडीको विकास रोक्ने

  • Technology Khabar | ५ पुष २०७९, मंगलवार
सुबारुले प्लग-इन हाइब्रिड गाडीको विकास रोक्ने

काठमाडौं ।

सुबारुले प्लग-इन हाइब्रिड गाडीको विकास रोक्ने भएको छ। कम्पनीले क्लिन इनर्जी उत्पादनहरुको लागि इलेक्ट्रिक र हाइब्रिड सवारी साधनहरुमा ध्यान केन्द्रित गर्न प्लग इन हाइब्रिड सवारी साधनहरुको विकास रोक्ने भएको निक्कीएशियाले उल्लेख गरेको छ।

यस अभियानबाट कम्पनीले क्लिन एनर्जी सवारी साधनहरुको विकासको लागत घटाउने लक्ष्य राखेको छ। धेरै अटोमेकरहरूले प्लग–इन हाइब्रिड, हाइब्रिड र इलेक्ट्रिक कारहरू सहित विभिन्न तरिकामा संचालित सवारी साधनहरू प्रस्ताव गर्न संघर्ष गरिरहेका छन्।

कमजोर बिक्रीको कारणले सुबारुले आफ्नो प्लग इन सवारीको उत्पादन बन्द गर्ने निर्णय गरेको हो। एस एण्ड पी ग्लोबलका अनुसार गत वर्ष विश्वव्यापी अटो बजारमा प्लग इन हाइब्रिडको हिस्सा २ प्रतिशत मात्र थियो।

अन्य प्रतिस्पर्धी अटोमेकरहरुले पनि सुबारुको पदचिन्हलाई पछ्याउन सक्छन्। क्लिन सवारीमा स्विच गर्नका लागि आवश्यक लागत कम गर्न थोरै प्लेटफर्ममा केन्द्रित हुन सक्छन्।

प्लग–इन हाइब्रिडहरू पेट्रोल–इलेक्ट्रिक हाइब्रिड गाडीको एक प्रकार हुन् तर प्रयोगमा नभएको बेला विद्युतीय आउटलेटमा रिचार्ज गर्न सकिन्छ। एक सामान्य प्लग–इन हाइब्रिड ब्याट्री पावरमा लगभग डण् किलोमिटरसम्म चल्न सक्छ। ब्याट्रीको शक्ति कम हुँदै जाँदा पेट्रोल इन्जिनले काम गर्छ र ब्याट्री रिचार्ज हुन्छ।

सुबारुले हाल क्रसट्रेक एसयूभी प्लग इन हाइब्रिड भर्सन उपलब्ध गराउँदै आएको छ। अर्को वर्षदेखि क्रसट्रेक प्लग इन हाइब्रिडको रुपमा उपलब्ध हुने छैन।

प्रकाशित: ५ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार