गिलीको पाण्डा मिनी ईभी सार्वजनिक

  • Technology Khabar | ४ पुष २०७९, सोमबार
गिलीको पाण्डा मिनी ईभी सार्वजनिक

काठमाडौं ।

गिलीले चीनमा आफ्नो मिनी इलेक्ट्रिक कार पाण्डा मिनी ईभी सार्वजनिक गरेको छ। नयाँ पाण्डा मिनी ईभी टाटा नानोभन्दा पनि सानो छ। गिली पाण्डाको लम्बाई ३०६५ एमएम छ भने नानाको लम्बाई ३०९९ एमएम छ।

एलएफपी ब्याट्री प्याक दिइएको ईभीमा ३० किलोवाट इलेक्ट्रिक मोटर छ। करले फुल चार्जमा १५० किलोमिटर रेञ्ज प्रदान गर्ने गिज्मोचाइनाले उल्लेख गरेको छ।

कम्पनीको तर्फबाट मिनी ईभीको आधिकारिक मूल्य घोषणा गरिएको छैन। रिपोर्टका अनुसार गिली मिनी ईभीको मूल्य ५ हजार ७०० देखि ७ हजार २०० अमेरिकी डलरबिच हुने अनुमान गरिएको छ। यो कार बिक्रीका लागि २०२३ देखि उपलब्ध हुनेछ।

इलेक्ट्रिक कारको चार्जिङ डोरमा जियोमी लेखिएको छ। यसले गिलीको सब ब्राण्ड जियोमेट्रीलाई संकेत गर्छ। रिपोर्टका अनुसार मिनी ईभीलाई मूल रुपमा जियोमेट्री अन्तर्गत सार्वजनिक गर्ने तयारी गरिएको थियो। तर अन्तिम समयमा म्यानेजमेन्टले गिली ब्राण्डमै सार्वजनिक गरेको छ।

प्रकाशित: ४ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...