काठमाडौं ।
स्मार्टफोन ब्राण्ड वानप्लसले आफनो नयाँ फोन वानप्लस ११को टिजर सार्वजनिक गरेको छ। वानप्लस ११ फोनलाई वानप्लस १० को अपग्रेडको रुपमा प्रस्तुत गरिएको छ । यो फ्ल्यागशिप फोन उत्कृष्ट क्यामरा मोडल र डिजाइन सहित उपलबध हुनेछ।
टिजरका फोन ट्रिपल क्यामरा सेटअप उपलब्ध हुनेछ भने एलईडी फ्ल्यास सपोर्ट गर्नेछ। यसअघि टिप्सटरहरुले फोनमा स्न्यापड्रागन ८ जेन २ प्रोसेसरमा आउने दाबी गरेका थिए।
वानप्लस ११को सम्भावित विवरण
कम्पनीले फोनको टिजर वेईबोमा सार्वजनिक गरेको हो । टिजरका अनुसार फोनको रियर क्यामरा मोडलमा डिजाइन र कलर भेरियन्ट पनि हेर्न सकिन्छ। वानप्लस ११ उत्कुष्ट क्यामरा सेटअपमा आउने छ । फोनको टिजरसँगै फोनको धेरै स्पेसिफिकेसनको जानकारी पनि लिक भएको छ।
लिक भए अनुसार यो फोन चीनमा २०२३ जनवरीमा सार्वजनिक हुने सम्भावना छ। फोनसँग ६.७ इन्चको घुमाउरो एमोलेड डिस्प्ले उपलब्ध हुनेछ, जुन २के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेटमा प्रदान गर्नेछ। फोनमा सुरक्षाका लागि इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ। वानप्लस ११ १६ जीबी र्याम र ५१२ जीबीसम्मको स्टोरेज पाउन सकिन्छ। फोनमा एन्ड्रोइड प्रोसेसर स्न्यापड्रागन ८ जेन २ प्रोसेसर हुने ग्याटेड३६०ले उल्लेख गरेको छ।
वानप्लस ११ को सम्भावित क्यामरा र ब्याट्री
वानप्लस ११ मा ५० मेगापिक्सल मुख्य क्यामरा, सोनी आईएमएयास सेकेन्डरी क्यामेरा ४८ मेगापिक्सल अल्ट्रा वाइड एंगल लेन्स र ३२ मेगापिक्सलको टेलिफोटो लेन्स हुनेछ। फोनमा सेल्फीका लागि ३२ मोगापिक्सलको फ्रन्ट क्यामरा पाउन सकिन्छ। फोनको ५००० एमएएच ब्याट्री प्याकले १०० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।
प्रकाशित: ४ पुष २०७९, सोमबार