हरेक वर्ष जस्तै यो वर्ष पनि बजारमा हिम इलेक्ट्रोनिक्सका हिटरहरू उपलब्ध

  • Technology Khabar | २८ मंसिर २०७९, बुधबार
हरेक वर्ष जस्तै यो वर्ष पनि बजारमा हिम इलेक्ट्रोनिक्सका हिटरहरू उपलब्ध

काठमाडौं ।

हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ हिमस्टारको हिटर।

नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ।

हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो त छन् नै, त्यसका साथै यो जाडो मौसममा पर्याप्त न्यानो पनि प्रदान गर्छन्। यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिन्छ र यसमा दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिन्छ।

हिमस्टारका हिटरहरू रु.२,३९० देखि रु.४,०४० सम्म उपलब्ध छन्। हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूका लागि उत्पादनदेखि विक्रीपछिको सेवासम्म निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार