बीवाईडीले युरोपमा दुई फ्याक्ट्री खोल्ने

  • Technology Khabar | २६ मंसिर २०७९, सोमबार
बीवाईडीले युरोपमा दुई फ्याक्ट्री खोल्ने

काठमाडौं ।

चीनको इलेक्ट्रिक सवारी निर्माता बीवाईडीले आगामी युरोपमा आफ्नो पहिलो ईभी सार्वजनिक गर्नेछ। यस्तोमा कम्पनीले युरोपमा दुई फ्याक्ट्री खोल्न खोजिरहेको इनसाइडईभीले उल्लेख गरेको छ।

कम्पनीले पूर्वी तथा पश्चिम युरोपमा फ्याक्ट्री खोल्ने योजना बनाएको छ। ईभीको माग उच्च रहेको अधिक विकसित देशहरुलाई प्राथमिकता दिने सम्भावना छ। टेस्लाले आफ्नो गीगा फ्याक्ट्री जर्मनीको बर्लिनमा खोलेको थियो।

युरोपमा फ्याक्ट्री खोल्दा बीवाईडीले बढ्दो मागलाई पूरा गर्नुका साथै युरोपेली युनियनले चिनियाँ आयातमा लगाएको उच्च शुल्कबाट पनि बच्न सक्छ। यसबाट बीवाईडीको सवारीसाधनलाई थप प्रतिस्पर्धी मूल्यको बनाउन र कम्पनीलाई यस क्षेत्रको बजार हिस्सा हासिल गर्न मद्दत मिल्नेछ।

बीवाईडीको ब्राजिलमा ३ र क्यानडानमा एउटा फ्याक्ट्री पहिले नै सञ्चालनमा आइरहेको छ।

चीन बीवाईडीको उपस्थिति सबैभन्दा बलियो छ। गत अप्रिलमा बीवाईडीले बिक्रीका आधारमा टेस्लालाई पछि पारेको छ। टेस्ला पछि समग्र ईभी बिक्रीका लागि कम्पनी दोस्रो स्थानमा छ। युरोपमा फ्याक्ट्री स्थापना गरेर बीवाईडी विश्वको सबैभन्दा ठूलो ईभी निर्माता भन्ने लक्ष्यमा छ।

युरोपमा दुई फ्याक्ट्री खोलेर महादेशमा बढ्दो विद्युतीय सवारीको मागलाई आकर्षित गर्ने कम्पनीको योजना छ।

प्रकाशित: २६ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...